coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुनसहित भुटानी नागरिक पक्राउ

काठमाडौं-  भन्सार छलेर भुटान लैजान लागेको सुन सहित एक जना पक्राउ परेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानतर्फ जान लागेका राहदानी नम्बर जि १०२१८३ वाहक भुटानी नागरिक  छिरिङ नमग्याललाई पक्रहरीले पक्राउ गरेको हो। उनलाई १ सय ५७.३२ ग्रामको सुनको प्याकेट १६ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा भन्सार छली अवैध रुपमा लैजान लागेको अवस्थामा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरीले विमानस्थल भन्सार कार्यालय,गौचर पठाएको छ ।

 

प्रकाशित: १२ भाद्र २०७५ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App