coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

रामेछाप– जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नागदह छापगाउँको पैयाखोलाले बगाउँदा श्रीमान लीला बहादुर तमाङको ज्यान गएको छ भने उनकी श्रीमती रणमाया तमाङ बेपत्ता बनेकी छिन्। 

सोमबार अपरान्ह तामाङ दम्पत्ती घाँस काट्न भनेर गएको बेला खोलाले बगाएको बताइएको छ।  अपरान्ह घाँस काट्न गएका तामाङ दम्पत्ती मंगलबार विहानैदेखि नदेखिएपछि स्थानीयले खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा उनकी छोरीले आमाले लगाएको चप्पल खोलामा देखेपछि बगाएको आशंकामा स्थानीयले खोजी थालेका थिए।

खोजतलास गर्दा लीला बहादुर तमाङको शव गैरीखोला किनारमा भेटिएको रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए।

घटनाको बारेमा जानकारी हुनासाथ सुरक्षाकर्मी परिचालन गरी आवश्यक मुचुल्का उठाइ मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याइएको र बेपत्ता महिलाको पनि खोजी कार्य भइरहेको थापाले बताए। 

प्रकाशित: १२ भाद्र २०७५ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App