coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिद्युत सर्ट भई विद्यालयमा आगलागी, १७ लाख बढीको क्षती

आगोमा क्षतीग्रस्त पञ्चकन्या निमाबिको अफिस कोठा हेर्दै अभिभाबक। तस्बिरः दमन राई

खोटाङ– खोटाङमा बिद्युट सर्ट हुँदा लागेको आगोले एक बिद्यालयको झण्डै १८ लाख बराबरको भौतिक धनमाल जलेर क्षती भएको छ। हौंचुर–२ पोखरीस्थित पञ्चकन्या निमाविको प्रशासन कक्षमा लागेको आगोले १७ लाख ९६ हजार ६०६ रुपैयाँ बराबरको सम्पत्ती नष्ट भएको हो।

बुधबार राति लागेको आगोले प्रशासन कक्षभित्र राखिएका ३ थान दराज, दराजभित्र राखिएका महत्वपूर्ण कागजात, ८ थान ठूलो कुर्सी, ५ थान सानो कुर्सी, ४ थान टेबल, ४ थान कम्प्यूटर, ५ हजार नगद, लाइब्रेरी दराजमा राखिएका २ सय थान पुस्तक, २ हजार थान शैक्षिक सामग्री लगायत जलेको प्रहरीले जनाएको छ। आगोमा बिद्यालयको १ थान प्रिन्टर, ४ थान ह्वाईटबोर्ड, ३ थान पाल, कक्षा १ देखि ७ सम्मको ३० सेट नयाँ पुस्तक, स्टोर रुममा राखिएका करिब ५ सय थान पुस्तक जलेको प्रअ मनीराज गुरुङले बताए। आगोले डढेका कारण अफिस कोठा भग्नावशेषमा परिणत भएको छ। ‘आगोले बिद्यालयलाई रित्तो बनाएको छ,’ प्रअ गुरुङले भने, ‘कति पुस्तक र शैक्षिक सामग्री जले भन्ने त हिसाव नै आएको छैन।’ आगो मिटर बक्सबाट उठेको अनुमान गरिएको छ।

आगोमा विद्यालयको अफिस कोठाबाहेक सँगै जोडिएका बाल शिक्षा, कक्षा १ र स्टोर रुम समेत जलेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले बताए। आगोले तीन ओटै कोठाको जस्ता, ढोका, छानाको सरा र बलौ डढेको छ। अन्य कोठाको जस्ता डढेर कुरुप भए पनि प्रशासन कक्षको छाना भने डढेर प्लाल नै परेको छ। अभिभाबकले बिहीबार बिहान मात्र क्षतीको बिषयमा जानकारी पाएका थिए। घटनाको जानकारी आएपछि प्रहरी सहायक निरीक्षक बाबुराम खड्का नेतृत्वको प्रहरी घट्नास्थल पुगेको थियो।

हाइभोल्टेज आएका कारण विद्यालयमा आगलागी भएको अभिभावक मोहन गुरुङले बताए। ‘मिटर बक्सभन्दा माथि पुस्तक राखिएको रहेछ,’ उनले भने, ‘मिटरबक्समा आगो सुरु हुने बित्तिकै तिनै पुस्तक डढेपछि अरु क्षती भएको अस्थलगत अध्ययनले देखाउँछ।’

 

प्रकाशित: ३० भाद्र २०७३ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App