coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीमै पहिलो पटक प्रहरी भर्ना छनौट प्रक्रिया

जुम्ला–कर्णालीमा पहिलो पटक प्रहरी जवान भर्ना छनौट प्रक्रिया सुरु भएको छ। अञ्चल प्रहरी कार्यालय जुम्लाले आइतबारदेखि जुम्लामा प्रहरी जवान पदको प्रारम्भिक परिक्षण कार्य सुरु गरेको हो। कर्णालीको युवा शक्ति प्रहरी भर्ना हुनकै लागि नेपालगञ्ज जानु पर्ने बाध्यता अब हटेको छ।

प्रहरी वरिष्ठ उपरिक्षक विष्णुहरी गौतमका अनुसार कर्णालीको युवा शक्ति प्रहरी भर्नामा न्युन संख्यामा भर्ति भएको र प्रहरी भर्ना हुनमै हजारौं खर्च हुने भएकोले प्रहरी प्रधान कार्यालयले कर्णालीको लागि जुम्लामा छनौट भर्ना प्रक्रिया थाल्न सुरु गरेको हो ।

प्रहरी वरिष्ठ उपरिक्षक विष्णुहरी गौतमका अनुसार प्रत्येक दिन ७० जनाको प्रारम्भीक जाँच लिईने भएको छ । कर्णालीको ७ सय ४६ जनाको दरखास्त दर्ता भएकोमा आज देखि छनौट प्रक्रिया सुरु भएको हो। कर्णालीको जनशक्तिले बाहिर जिल्लामा गएर दुःख नपाओस भन्नका लागि प्रहरी भर्ना कार्य जुम्लामै सुरु गर्न थालिएको बताइएको छ। प्रहरी वरिष्ठ उपरिक्षक गौतमको अनुरोधका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कर्णाली भ्रमण गरेपछि वर्षौदेखिको माग पूरा भएको हो। 'अन्य जिल्लामा हुने भर्नामा घुस लिन्छन, अपारदर्शी परप्क्षा हुन्छ भन्ने आरोप लाग्ने गथ्र्यो,' वरिष्ठ उपरिक्षक गौतमले भने, 'हामी सबै नतिजाको टुंगो ग्राउण्डमै परीक्षार्थीकै अगाडि लगाउँछौं।'

उनले कर्णालीको जुम्लामै भर्ना प्रक्रिया सुरु गरेपछि आर्थिक भार कम पर्न जाने विश्वास व्यक्त गरे। अञ्चल प्रहरी कार्यालय कर्णालीले स्वास्थ्य परिक्षण, दौड, छाती नाप, शरीरको तौललगायतको प्रक्रिया आइतबार विहान ८ वजेदेखि सुरु भएको हो। पहिलो पटक थालिएको प्रहरी भर्ना छनौट कार्य निष्पक्ष र पारदर्शी पूर्ण हुने भन्दै शंका नगर्न सम्वन्धित सबैलाई अञ्चल प्रहरी कार्यालय जुम्लाले आग्रह गरेको छ। कर्णालीको डोल्पा र मुगु जिल्लाका लागि नेपालगञ्ज तालिम केन्द्रमा भर्ना छनौटका लागि व्यवस्था गरिएको छ। जुम्ला पुग्नकै लागि नेपालगञ्ज झरेर जुम्ला आउँदा दोहोरो खर्च लाग्ने भएकोले नेपालगञ्जमै व्यवस्था मिलाइएको वरिष्ठ उपरिक्षक गौतमले सुनाए।

मुगु, कालिकोट र जुम्लामा ९१ महिला र ६ सय ५५ जना पुरुष परीक्षार्थीले प्रतिष्पर्धा गरिरहेका छन्। प्रारम्भिक चेकजाँचपछि स्वास्थ्य परिक्षण, लिखित मौखिक परिक्षाको कार्य तालिका सार्वजनिक गरिएको छ। तर कर्णालीमा कति कोटा हो भन्ने टुंगो प्रहरी प्रधान कार्यालयले लगाउने भएको छ।

प्रहरी महानिरीक्षक अर्याल कर्णाली भ्रमणमा आएको बेला यहाँका नागरिक समाज राजनीतिक दलहरुले प्रहरी भर्ना जुम्लामै गराउनु पर्ने व्यवस्था गरिदिन माग गरेका थिए। प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आफ्नै आगनमा प्रहरी भर्ना छनौट गर्दा खर्च कम लाग्ने र धरै दुख बेहोर्नु नपर्ने बताए । उनले भने, 'कर्णालीको लागि यो ठूलो अवसर हो । यसको सही सदुपयोग गर्न जरुरी छ ।' प्रहरी जवान पदमा भर्ना हुन आएका मालिकाठाँठा गाविस ५ का खड्क बहादुर वुढाले चेकजाँच निकै पारदर्शी भएको सुनाए। आँफू सेटअप गर्न नसक्दा अनुत्तिर्ण भएको बताउदै आगामी दिनमा प्रयास गर्ने बताए ।

प्रकाशित: ४ वैशाख २०७३ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App