८ वैशाख २०८१ शनिबार
राजनीति

पर्यटन राज्यमन्त्री बुढालाई राजिनामा नदिन डोल्पालीको सुझाव

डोल्पा – गृह जिल्ला डोल्पा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई आफ्नो सांसद पदबाट राजिनामा नदिन डोल्पालीले सुझाव दिएका छन्।

राजिनामा दिनुपूर्व आफ्ना जिल्लाबासीको राय बुझन् तथा सुझाव संकलन गर्न सोमबार गृह जिल्ला पुगेका पर्यटन राज्यमन्त्री बुढालाई कुनैपनि हालतमा राजिनामा नदिन डोल्पालीले सुझाव दिएका हुन्।

काठमाडौं, नेपालगन्ज हुँदै डोल्पा पुगेका पर्यटन राज्यमन्त्री बुढा राजिनामा दिन उचित की अनुचित भन्ने सन्दर्भमा जनताको राय बुझ्ने क्रममा त्रिपुरासुन्दरी नगरपालिकाका गाउँबस्तीका घरदैलोमा पुगेका छन्। पर्यटन राज्यमन्त्री बुढालाई भेट्न आएका अधिकांश अगुवा कार्यकर्ताले राजिनामा दिएर डोल्पालीले दिएको मतको अपमान नगर्न समेत चेतावनी दिएका छन्।

डोल्पालीको मन मस्तिष्कमा धनबहादुर बुढानै भएकाले नेकपाले जस्तोसुकै अवस्थामा पनि हाम्रो मन्त्रीलाई राजिनामा गराउने परिस्थतिको सृजना नगरोस, हामीलाई आयातित नेता चाहिँदैन यदि बलजफती दवावपूर्ण रुपमा राजिनामा गराइए बामदेब गौतम मात्र होइन कुनैपनि आयातित नेतालाई हामी स्वीकार गर्दैनौ छलफलमा सहभागी नेकपाका कार्यकर्ता बलबहादुर बुढाले भने। 

नेकपाका क्रियाशिल कार्यकर्ता बिमल पहाडीले भने,“कुकुर तान घर स्याल तान बन भन्ने भनाई हाम्रो चलनचल्तीमा लागू छ ,जस्तोसुकै विकासप्रेमी र ठूलो नेता भएपनि बामदेब गौतमले आफ्नो गृह जिल्ला बर्दिया र प्युठानको विकास नगरी डोल्पाको विकासमा ध्यान दिँदैनन्।” 

यता मन्त्री बुढाले पार्टीको निर्णय नै अन्तिम हुने भएकाले आफूले पार्टीको हाइकमाण्डको अगाडि सांसद पदबाट राजिनामा दिने सहमती गरिसकेकाले आफू राजिनामा दिन तयार रहेको बताए।

मैले राजिनामा दिने भन्ने निश्चित हो तर कहिले दिने भन्ने टुङ्गो नलागेकाले आफ्ना मतदाताको रायसुझाव लिन जिल्ला पुगेको हु राजिनामा दिन्छु, दिनै पर्छ उनले भने। आफुले सांसद पदबाट राजिनामा दिने निश्चित भएकाले पार्टीको हाइकमाण्डको निर्णय बमोजिम डोल्पाबाट आफ्नो रिक्त हुने सिटमा उपनिर्वाचनको लागि नेकपाका प्रभावशाली नेता बामदेब गौतम उठ्ने भएकाले बहुमतले बिजयी गराउनुपर्नेमा समेत राज्यमन्त्री बुढाले जोड दिए। आफू मन्त्री हुँदा र बामदेब गौतम मन्त्री हुँदा आकाश पातालको फरक भइ डोल्पामा विकास योजना भित्रने दावी बुढाले गरे।

अहिले सांसद पदबाट राजिनामा गराएर डेढ वर्षपछि पुन राष्ट्रिय सभामा तपाइलाई मनोनित गरिने र फुलमन्त्री बनाइने भन्ने सहमति भएको छ रे नी भन्ने कार्यकर्ताको जिज्ञासामा राज्यमन्त्री बुढाले सहमति जायज भएको स्वीकार गरे।

पर्यटन राज्यमन्त्रीलाई सुझाउन आएका नेकपाका क्रियाशिल एक कार्यकर्ताले नागरिकसंग भने, “बुढालाई मन्त्री बनाउनुपूर्ब नै ६ महिनापछि राजिनामा गरेर बामदेब गौतमलाई सघाउने सर्तस्वरुप अहिले एजेण्डा आएको रहेछ। १५ भदौमा राजिनामा दिने र असोज महिना भित्रमा उपनिर्वाचन गराई बादेब गौतमलाई संघमा सांसद बनाइने रहेछ। त्यसैले हामीले राजिनामा नदिनोस या दिनोस भन्नुको कुनै अर्थ छैन।” 

११ साउनमा साविकको कर्णाली प्रदेशका सांसद, गाउँनगरका प्रमुख तथा उपप्रमुख र अगुवा नेता कार्यकर्ता समेतको काठमाडौंमा भेला गरेर राजिनामाका सन्दर्भमा राय परामर्श लिएका राज्यमन्त्री बुढाले पार्टीको प्रभावशाली र बरिष्ठ नेतालेले डोल्पा जस्तो ठाउँबाट निर्वाचन जिते डोल्पा र डोल्पालीले ठूलो लाभ लिन सक्ने बताएका छन्।

प्रकाशित: १२ भाद्र २०७५ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App