काठमाडौं – काठमाडौंको खुलामञ्चस्थित बसपार्क आजबाट ४ दिनसम्मको लागी बन्द गरिएको छ।
काठमाडौं महानगरपालिकाले बसपार्क गेटमा सूचना टास गर्दै बिमस्केट सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि भन्दै १२ देखि १५ गतेसम्म बसपार्क बन्द गरिने जनाएको छ। बसपार्क बिहान ६ देखि बेलुका ६ बजेसम्म बन्द रहने जनाइएको छ।
यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने ठुला यात्रु बहाक सवारी साधनलाई कोटेश्वरबाटै डाइभर्सन गरी सातदोबाटो, कलंकी, हुँदै नयाँ बसपार्क तर्फ पठाइने जनाएको छ।
यता साँखु, बौद्ध, चावहिल, थानकोट लगायतका स्थानहरुबाट खुलामञ्चस्थित बसपार्कमा आउने सवारी साधनहरुलाई भने रत्नपार्क वरपर पिक एण्ड ड्रप मात्रै गर्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०७५ ०५:०३ मंगलबार