coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ठोरी–निर्मलबस्तीलाई प्रदेश ३ मा समायोजन गर्न माग

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा बुधबार काठमाडौं आएको पर्साको ठोरी क्षेत्रका सर्वदलीय डेलिगेशन टोलीले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटी आफूहरुको मागका सम्बन्धमा ज्ञापन पत्र बुझाएका छन्।

ठोरी छोटी भन्सारलाई मुख्य नाकाको रुपमा विकास गर्न, पर्साको ठोरीदेखि–रसुवाको केरुङ जोड्ने व्यापारिक मार्ग विस्तार गर्न र ठोरी–निर्मलबस्ती क्षेत्रलाई संघीय संरचनामा लाँदा ३ नम्बर प्रदेशमा समायोजन गर्ने विषयमा पहल लिन उक्त डेलिगेशनले दुबै नेताहरुलाई ज्ञापन पत्र बुझाएको टोली संयोजक स्थानीय नेता रामप्रकाश कुँवरले बताए।

जवाफमा दुबै नेताहरुले आफूहरु ठोरीको पीडा र समस्याबारे जानकार रहेको बताउँदै उक्त माग पूरा गर्न सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा संलग्न स्थानीय नेता कुँवले बताए।

विगतको संघीय प्रदेशको मस्यौदाको खाकामा स्थानीयको जनचाहना र मागअनुसार नै चितवनको सीमा क्षेत्रमा पर्ने ठोरीलाई प्रदेश ३ मा राखिएको भए पनि मधेशवादी दलको चर्को विरोधका कारण उक्त प्रस्ताव फिर्ता भएको थियो।

डेलिगेशन टोलीले सभापति देउवालाई देउवा निवास नारायणथान र अध्यक्ष ओलीलाई एमाले पार्टी कार्यालय धुम्बाराहीमा भेटेर ज्ञापनपत्र बुझाउँदै आफ्ना मागबारे जानकारी गराएको थियो।

प्रकाशित: ३० भाद्र २०७३ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App