७ वैशाख २०८१ शुक्रबार
विचार

जेनेरिक औषधि र केमिकल नाम

डाक्टरले बिरामीकालागि औषधि सिफारिस गर्दा ओखतीको चलनचल्तीको नामको बदला उक्त दवाइमा हुनेक्रियाशील केमिकल पदार्थको नाम लेख्नुपर्ने गरी जनस्वास्थ्यसंम्बन्धी विधेयक संसद्मा पेश भयो। औषधि कम्पनीको आर्थिक प्रलोभनमा परी चिकित्सकले एउटा निश्चित फर्मास्युटिकल कम्पनीको उत्पादनमात्र बिरामीलाई खान सल्लाह दिने गरेको देखिएकाले औषधिको ब्रान्ड नामको बदला ओखतीमा हुने केमिकल पदार्थको नाम लेख्ने व्यवस्था गर्दा स्वास्थ्य क्षेत्रका विकृति धेरै हदसम्म स्वतः कम हुने ठान्छन् विधेयकका मस्यौदाकार । ओखती उत्पादकसँग शुभ–लाभको सौदा गर्ने डाक्टरहरू उक्त विधेयकको पक्षमा हुने प्रश्नै भएन । तर, ब्रान्ड नाम लेख्नुपर्ने बाध्यतासम्बन्धमा अर्को पक्षको भनाइ फरक छ । केही कम्पनीका उत्पादनमा मात्राभन्दा कम औषधि हुने गरेकाले बिरामीलाई निको पार्न नसकिने भएकाले दबाइको ब्रान्ड नाम लेख्नु बाध्यता ठान्छन् चिकित्सक । डाक्टरले लेखेको सामान्य अक्षर बुझ्न कठिन भएको अवस्थामादबाइका क्लिस्ट रासायनिक नामहरू चिकित्सकले लेख्ने अनि वितरक तथा बिरामीले बुझ्ने क्रममा विभेद भए ठूलै अनर्थ हुने हो कि भनी ठान्नु अस्वाभाविक भएन । त्यसै परिवेशमा आषधिको ब्रान्ड, जेनेरिक औषधि तथा केमिकल नामको चिरफार गर्नु यो आलेखको उद्देश्य छ।

कुनै पनि औषधि बजारमा पुग्नुअघित्यसले धेरै तगारा पार गर्नुपर्छ । तथ्यांक हेर्दा औषधिका सम्भाव्यता बोकेका ५ हजार केमिकलमध्ये केबल एउटा मिश्रणले मात्र ओखतीको हैसियत प्राप्त गर्छ । प्रयोगशाला अनुसन्धान तथा विभिन्न चरणका क्लिनिकल परीक्षणमा भएका लगानीहिसाब गर्दा एउटा मेडिसिनलाईपसल पु-याउनसालाखाला १२ वर्षको समय अनि करिब डेढ अरब अमेरिकी डलर खर्च गर्नुपर्छ भन्छ ब्रिटिस फर्मास्युटिकल इन्डस्ट्री एसोसिएसन । औषधि आविष्कारका क्रममा ठूलो धनराशि तथा लामो समय खर्चनुपर्ने भएकाले बजारमा आउने मेडिसिन खर्चिला हुनु अस्वाभाविक भएन।

प्रारम्भमा मार्केटिङ भएको टाइलिनोललाई ब्रान्ड नेम भनिन्छ भने प्याटेन्ट अवधि समाप्तिपछि बनेको सिटामोललाई जेनेरिक औषधि भनिन्छ। तसर्थ, कुनै पनि औषधिको ब्रान्ड तथा आविष्कारक नाम एउटामात्र हुन्छ भने जेनेरिक नाम भने दर्जनौँ हुन्छन्।

संसारका प्रत्यक देशमा प्याटेन्ट कानुन हुन्छन् । जस्तैरू संयुक्त राज्य अमेरिकाको कानुनअनुसार कुनै पनि केमिकललाई सूचीकृत गर्ने कम्पनीको २० वर्षसम्म एकाधिकार हुन्छ उक्त दबाइमा। योअवधिमध्येझण्डै आधा समय रासायनिक पदार्थको अध्ययन÷अनुसन्धानमा खर्चनुपर्ने भएकाले दबाइ उत्पादक कम्पनीले झण्डै १० वर्षमा आफनो लगानी तथा पर्याप्त नाफा उठाइसक्नुपर्ने हुन्छ । त्यसमाथि विगतका असफल औषधि परीक्षणमा भएका खर्चको परिपूर्तिसमेत गर्नुपर्ने भएकाले दबाइको दाम अचाक्ली महँगो हुन्छ । तरप्याटेन्ट अवधि व्यतीत भएपछि उल्लिखित रासायनिक पदार्थ कुनै पनि लगानीकर्ताले बेरोकटोक उत्पादन गर्न सक्छ, औषधि बनाउन सक्छ । तसर्थ, पछिल्ला दिनमा दबाइको दाम सस्तिन्छ । प्याटेन्ट कानुनका कारण अहिले बजारमा आएका क्यान्सरका महँगा औषधि एक दशकपछि निकै सस्ता हुन्छन्।  

नेपालमा जनबोलीमा आउने औषधिहो– सिटामोल । शरीरको दुखाइ तथा ज्वरो घटाउन प्रयोग हुने यसलाई सर्वाधिक महत्वको औषधि मान्छ विश्व स्वास्थ्य संगठन । संसारभर प्रयोग हुने सामान्य औषधि भएकाले सिटामोललाई प्राथमिक दबाइ मानियो । केही दशकअघिशाही औषधि लिमिटेडले उत्पादन गरेर बेच्यो बजारमा सिटामोल । ज्वरो घटाउने औषधिको पर्यायवाची बन्यो सिटामोल नेपालमा । अहिले पनि ज्वरो घटाउने औषधि किन्न जाँदा पसलेसँग सिटामोल भनेर नै मागिन्छ । अब औषधिको नामको रामकहानी बुझ्न सिटामोलको इतिहास हेरौँ।

सन् १९५५मा संयुक्तराज्य अमेरिकाको म्याकनिल ल्याबोरेटरीले प्यारासिटामोल (केही देशमा एसिटामिनोफेन पनि भनिन्छ) भन्ने रासायनिक पदार्थले शरीरको दुखाइ तथा ज्वरो ठीक गर्छ भन्ने पत्ता लगायो। दबाइको केमिकलनाम क्लिस्ट हुने भएकाले सर्वसाधारणलाई पाच्य हुने नाम राख्ने सामान्य परिपाटीहो । उक्त परिपाटी पछ्याउँदै म्याकनिल ल्याबोरेटरीले ज्वरो ठीक गर्ने औषधिको नाम टाइलिनोल राख्यो । साना औषधि उत्पादकलाई ठूला कम्पनीले खरिद गर्ने प्रचलन फर्मास्युटिकल बिजनेसको सामान्य परिपाटीहो । दुखाइ कम गर्ने ओखतीको बजार ठूलो देखेपछिजोन्सन एन्ड जोन्सन भन्ने कम्पनीले म्याकनिल ल्याबोरेटरी खरिद ग-यो अनि टाइलिनोलमा एकाधिकार कायम ग¥यो । जोन्सन एन्ड जोन्सनले धेरै पैसा कमायो टाइलिनोलको बिक्रीबाट। प्याटेन्टको अवधि सकिएपछि प्यारासिटामोल बनाउन सबै औषधि कम्पनी स्वतन्त्र भए। अहिले संसारका सैयौ कम्पनीले प्यारासिटामोल केमिकलसहितको औषधि बनाउँछन्। तर उनीहरूले आफ्ना उत्पादनलाई भिन्न भिन्न नाम दिएकाछन् । नेपालमै पनि ज्वरोका औषधि कतिवटा छन् हेर्दा हुन्छ । अझ महत्वपूर्ण कुरा त तिनीहरू सबैमा भएका मुख्य रासायनिक पदार्थ एकै हो । माथिको उदाहरण हेर्दा प्रारम्भमा मार्केटिङ भएको टाइलिनोललाई ब्रान्ड नेम भनिन्छ भने प्याटेन्ट अवधि समाप्तिपछि बनेको सिटामोललाई जेनेरिक औषधि भनिन्छ । तसर्थ, कुनै पनि औषधिको ब्रान्ड तथा आविष्कारक नाम एउटामात्र हुन्छ भने जेनेरिक नाम भने दर्जनौँ हुन्छन्।

डाक्टरले औषधिको लेबलमा लेखिने नामको बदला बिरामीलाई दिने पुर्जामा केमिकल नाम लेख्ने परिपाटी बसाउन सक्ने हो भने औषधि व्यापारको क्षेत्रमा देखिने विकृछि घटाउन नसकिने होइन। मेडिकल रिप्रिजेन्टेटिभले केही देलाकि भन्ने लोभमा बस्नु नपरेपछि चिकित्सकहरू पेशाप्रति अझ इमान्दार पनि हुन्थे होला।

अब, ब्रान्ड र जेनेरिक औषधिबीच के/कति भिन्नताछन् त? हेरौँ । अनुसन्धान गरी प्रथमपटक बजारमा आएको औषधिलाई ब्रान्ड मेडिसिन अनि त्यही क्रियाशील रासायनिक पदार्थ प्रयोग गरी प्याटेन्ट अवधि समाप्तिपछि आएका सबै औषधिलाई जेनेरिक मेडिसिन भनिन्छ । दुवै मेडिसिनमा क्रियाशील रासायनिक पदार्थ एकै हुने भए तापनि निष्क्रिय पदार्थ भने सबै औषधिमा भिन्न भिन्न हुन सक्छ । रोग बिसेक पार्न क्रियाशील रासायनिक पदार्थको मात्र भूमिका हुने हुँदा ब्रान्ड र जेनेरिक औषधिबीच तात्विक फरक हुँदैन।

औषधिमा लेखिएको लेबल हेर्दा ओखतीको मात्रा १० मिलिग्राम लेखिएको हुन्छ तर यथार्थमा उक्त ट्याब्लेटको आकार निकै ठूलो देखिन्छ । आखिर त्यसो किन हुन्छ त? सर्वसाधारणमा जिज्ञासा हुनु अन्यथा भएन । अग्रेजी दबाइमा प्रायजसो रोग ठीक पार्ने एउटामात्र क्रियाशील रासायनिक पदार्थ हुन्छ जसलाई ‘एक्टिभ फर्मास्युटिकल इन्ग्रेडियन्ट’ भनिन्छ । सूक्ष्म परिमाणमा हुने क्रियाशील केमिकललाई लामो समयसम्म स्थायित्व दिन औषधिमा विभिन्न निष्क्रिय रासायनिक पदार्थ प्रयोग गरिन्छ। तर तिनीहरूको रोग निको पार्न कुनै भूमिका हुँदैन। स्थायित्व दिनका अतिरिक्त निष्क्रिय रासायनिक पदार्थले दबाइलाई लक्षित स्थानमा पुग्नसमेत मद्दत गर्छ । उदाहरणका लागि खाने ट्याब्लेट पाचन प्रणालीको ९ मिटर लामो पाइपको कुन भागमा गएर फुट्छ तद्नुरूपनै औषधिले आफ्नो प्रभाव देखाउनेहो । सानो आन्द्रामा गएर रिलिज हुने ट्याबलेट ठूलो आन्द्रामागएर फुट्दा उक्त ओखतीले अपेक्षित परिणाम दिन सक्दैन । तसर्थ, सानो र ठूलो आन्द्रामा रिलिज हुने औषधिमा प्रयोग हुने निष्क्रिय पदार्थ फरक फरक हुन्छन्।

जेनेरिक औषधिले समेत ब्रान्डेड ओखतीझैँ प्रभावकारिता कायम गर्न सकोस् भन्नकालागि भनेअनुसारको क्रियाशील रासायनिक पदार्थ रहे/नरहेको, उचित निष्क्रिय पदार्थ तथा भण्डारण गरिने बट्टा उचित भए/नभएको निक्र्याेल गर्ने दायित्व अनुगमन निकायको हो । उक्त कुराहरूको जाँच गर्न प्रत्येक देशमा आआफ्नै अनुगमन निकायछन् । नेपालमा उक्त अनुगमनको दायित्व औषधि व्यवस्था विभागको हो भने त्यही काम संयुक्त राज्य अमेरिकामा फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसनले गर्छ।  

जेनेरिक औषधिलाई राम्रो अनुगमन गरी बजारमा ल्याउने हो भने वर्षौँ परीक्षण भएको ब्रान्डेड दबाइझैँ प्रभावकारी हुनुका अतिरिक्त निकै सस्तो हुने भएकाले स्वदेशमै जेनेरिक औषधि उत्पादन गर्न प्रोत्साहन गर्न आवश्यक देखियो । व्यक्तिको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले स्वास्थ्य क्षेत्र संसारमै सबैभन्दा कडा अनुगमनमा पर्छ र त्यही प्रकृतिको अनुशासन नेपालमा समेत कायम गरिनुपर्छनै । त्यसका लागि दबाइमा प्रयोग भएका क्रियाशील रासायनिक पदार्थको मात्रा, प्रयोग भएका निष्क्रिय मिश्रण यथोचित रहे÷नरहेको एकिन हुनुपर्छ । दबाइका रूपमा प्रयोग हुने केमिकल पदार्थले समयसँगै आफ्ना गुणगुमाउनेमात्र होइन, उचित भण्डारण हुन नसके जीवनदान सावित हुने औषधि विषादि पनि बन्न सक्छन् । एक्सपाएर औषधि एउटा नमुनामात्र भयो । तसर्थ, दबाइलाई उत्पादनदेखि उपभोक्ताले सेवन गर्दाका अवस्थासम्म पूर्ण निगरानीमा राख्नुपर्ने हुन्छ । उक्त समष्टिगत चक्रलाई ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ भनिन्छ । उत्पादन तथा वितरण हुने औषधिको गुण परीक्षण गर्ने औषधि व्यवस्था विभागसँग प्रयोगशाला तथा जनशक्ति नभएको खण्डमा बिरामीले क्षति बेहोर्नुपर्ने हुन सक्ने भएकाले विभागलाई सशक्तीकरण गर्नमा समेत ध्यान दिनुपर्ने हुन्छ । सरकारको आकार सानो बनाउने सोच हो भने यस्ता काम प्राइभेट रिसर्च ल्याबमा समेत गराउन नसकिने होइन।

उचित परीक्षणमार्पmत जेनेरिक औषधिहरूले ब्रान्डेड औषधिमा अन्तरनिहित सबै गुण कायम गरेको देखिएमा जेनेरिक औषधिको प्रयोगलाई प्रोत्साहित गर्नु उचित देखिन्छ । जेनेरिक औषधिको उत्पादन धेरै कम्पनीले गर्न सक्छन् र उनीहरूले आआफ्नै अनुकूल दबाइको नाम राख्ने नै भए। औषधिको बिक्री बढाउन अनैतिक विधिमार्फत डाक्टरहरूलाई प्रभावमा पार्ने संस्कार स्थापित हुँदा फर्मास्युटिकल व्यापार बदनाम भए । औषधि उत्पादको खर्चमा डाक्टर विदेश भ्रमणमा गएको खबर नसुनिएको होइन । यसरी आफ्नो औषधि लेखाउन रकम खर्चनुपर्ने परिपाटीले अन्ततः दबाइको गुणस्तरसँग सम्झौता गराउँछ नै । मात्राभन्दा कम ओखतीको वितरण त्यसैको परिणाम नहोला भन्न सकिन्न । डाक्टरले औषधिको लेबलमा लेखिने नामको बदला बिरामीलाई दिने पुर्जामा केमिकल नाम लेख्ने परिपाटी बसाउन सक्ने हो भने औषधि व्यापारको क्षेत्रमा देखिने विकृछिघटाउन नसकिने होइन। मेडिकल रिप्रिजेन्टेटिभले केही देलाकि भन्ने लोभमा बस्नु नपरेपछि चिकित्सकहरू पेशाप्रति अझ इमान्दार पनि हुन्थे होला।

प्रकाशित: १२ भाद्र २०७५ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App