८ वैशाख २०८१ शनिबार
समाज

कालोपत्रे गरेको साता दिनमै राजमार्ग भत्कियो

मर्मत गरेको साता दिनमा खाल्डा परेको राजमार्ग। तस्विर: मदन ठाकुर

रौतहट— मर्मत भएको साता दिन नबित्दै राजमार्ग भत्किएको छ। सडक डिभिजन कार्यालय रौतहटले एक साताअघि पूर्व–पश्चिम राजमार्गको रौतहट धनसारदेखि बागमती सडकखण्ड मर्मत गरेको थियो। सो सडक खण्डको बीचमा अहिले खाल्डाखुल्डी परिसकेका छन्।

राजमार्गमा गुड्ने सवारी साधनले खाल्डोमा जमेको पानी पैदल यात्रुलाई छ्याप्दै गुड्छन्। चालकले सडकको खाल्टो छलाउन खोज्दा सवारी साधनले पैदल यात्रीलाई ठक्कर दिने जोखिम छ।

धनसारदेखि वागमतीसम्मको सडक मर्मत गर्न अकेला पाँच कुमारीले ८२ लाख रुपैयाँमा ठेक्का पाएको थियो। ठेक्का लिने कम्पनीले हतार हतारमा मर्मतको काम गरेको थियो। मर्मतमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको र मापदन्ड अनुसार काम नगरिएकोले साता दिन नबित्दै सडक फेरि पुरानै अवस्थामा फर्किन सुरु गरेको स्थानीय सुरेन्द्र साहले बताए।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकाल पछिल्लो समय दुर्घटना बढ्नुमा राजमार्गको खाल्डोलाई मुख्य कारण ठान्छन्। खाल्डोका कारण सवारी साधन चालकले छलाउन खोज्दा धेरै दुर्घटना हुने गरेको उनको अनुभव छ।

राजमार्ग जिर्ण भएपछि दुर्घटना बढेको निष्कर्ष निकाल्दै डिभिजन कार्यालय चन्द्रनिगाहपुरले असार महिनामा अकेला पाँच कुमारी जेभी ठेकेदारलाई मर्मतको जिम्मा दिएको थियो।

धनसारदेखि वागमतीसम्मको सडक मर्मत गर्न अकेला पाँच कुमारीले ८२ लाख रुपैयाँमा ठेक्का पाएको थियो। ठेक्का लिने कम्पनीले हतार हतारमा मर्मतको काम गरेको थियो। मर्मतमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको र मापदन्ड अनुसार काम नगरिएकोले साता दिन नबित्दै सडक फेरि पुरानै अवस्थामा फर्किन सुरु गरेको स्थानीय सुरेन्द्र साहले बताए।

दैनिक हजारौं सवारी साधन गुड्ने प्रमुख राजमार्गको मर्मत गर्ने ठेक्का लिएको कम्पनीले गुणस्तरहीन काम गर्दिँदा एवं अनुगमन गर्ने निकायले त्यसप्रति उदासीनता रहँदा सर्वसाधारण मर्कामा परेका हुन्।

सड्क मर्मत गराउने जिम्मेवारी पाएका साइट इन्जिनियर रामेश्वर प्रसाद साहले मर्मत गरिरहँदा वर्षा भएको र सवारी साधन गुड्न नरोकिँदा कतिपय स्थानमा कालोपत्रे भत्किएको स्वीकार गरे। भत्किएको ठाउँमा मर्मत नगरी सम्बन्धित ठेकेदारलाई भुक्तानी नदिने उनको भनाइ छ।

‘भत्किएको स्थान पुनःमर्मत नगरी भुक्तानी दिँदैनौं’, उनले भने।

र्षाको समयमा पानीको निकास नहुँदा सड्क मर्मत भए पनि टिक्न नसकेको उनको भनाइ छ। नाला बनाएमा मात्रै सड्कको अवस्थामा सुधार आउने देखिए पनि सम्बन्धि निकायले यसबारेमा चासो देखाएको छैन।

सडक डिभिजन कार्यालय र चन्द्रपुर नगरपालिकाले पैदाल यात्रु हिँड्न बनाएको फुटपाथ व्यवस्थित गर्न नसक्दा पैदलयात्रु अझ जोखिममा परेको स्थायीको भनाइ छ।

प्रकाशित: ३० भाद्र २०७३ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App