भ्रष्टाचारसम्बन्धी कडा कानून ल्याउनुपर्छ : नेता नेपाल

सोमबार, ११ भदौ २०७५, २० : ०९ नागरिक

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हुँदै गएको बताएका छन्। नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा साेमबार यहाँ आयोजित कार्यक्रममा उनले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानून नहुँदा गलत गर्नेहरु ठाडो शिर बनाएर हिँडिरहेको बताए। 

रौतहटमा भएको डुङ्गा दुर्घटनाको प्रसङ्ग जोड्दै उनले भने, “पाँच वर्षअघि बोलपत्र भएर पनि आजसम्म पुल नबन्दा जिल्लावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, पुल नबनाउने ठेकेदारलाई अब कडा कारवाही गर्नुपर्छ।” भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको बताउँदै उनले भ्रष्टाचारसम्बन्धी कडा कानून ल्याउनुपर्ने बताए। 

मुलुकमा बलात्कारका घटना बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “बलात्कारीलाई कडाभन्दा कडा कारवाही ष्रिनुपर्छ, उन्मुक्ति दिनु हुँदैन्।” 

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारिता जगत् कसैको प्रयोगशाला बन्न नहुने बताए। उनले भने, “केही सञ्चार गृह अहिले लगानीकर्ताको इच्छाअनुसार समाचार बनाइरहेका छन्, पत्रकारिताको नाममा तिनीहरु कसैको प्रयोगशाला तै बन्दै छैनन् भन्ने प्रश्न उठिरहेको छ।” राजनीतिक लडाइँले लाखौँ युवाको आँशु र परिश्रम विदेशमा बगेको बताउँदै उनले भने, “अब राजनीतिक लडाइँ, होइन, मुलुक समृद्धितर्फ लैजान सबै मिल्नुपर्ने दिन आएको छ।” 

पूर्वमन्त्री प्रभु साहले राजनीतिक सङ्क्रमणबाट मुलुक भर्खरै अगाडि बढेको बताउँदै सरकारले ल्याएको समृद्धिका नारा साकार पार्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad