४ वैशाख २०८१ मंगलबार
प्रवास

जापानमा नेपाल फेष्टिवलको रौनक (फोटो फिचर)

टोकियो – जापानको राजधानी टोकियोमा दुई दिवसीय ११ औं नेपाल फेष्टिवर भएको छ। जापानस्थित नेपाली दूतावास र एनआरएनको जापानको संयुक्त आयोजनामा शनिवार र आईतबार दुई दिन आयोजना गरिएको नेपाल फेष्टिवलमा निर्मित बौद्ध स्तुपा फेस्टिबलको मुख्य आकषर्णको केन्द्र बन्यो।

यससँगै नेपाली सांस्कृतिक झाँकीहरु अर्को आकर्षणको केन्द्र बन्दा नेपाली परिकारका विभिन्न खाना, नेपाली लक्षित सेवाग्राही संस्था एवं नेपाल पर्यटन प्रवद्र्धनका स्टलहरुले सहभागीहरुलाई आकर्षण गरेको थियो।

जापानमा आयोजित नेपाल फेष्टिवलमा नेपालको धार्मिकसँगै सांस्कृतिक र मौलिकता बोकेको चर्चीत बौद्ध स्तुपाको निर्माणले सबैलाई आकर्षण गरेको थियो।

साथमा गत बर्ष सम्पन्न नेपाल आइडलका चर्चीत गायक निशान भट्टराई, प्रताप दासको साथमा बिजेता बुद्ध लामाको सांगितिक प्रस्तुतीले उपस्थित सहभागीहरुलाई चर्को घामका बिच मनोरञ्जन दिलाएर गर्मी भुलाउने प्रयास गरेका थिए।

लोक दोहोरी प्रतिष्ठान जापान शाखाका गायक कलाकारहरुको प्रस्तुतीसँगै विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको नेपाली कला संस्कृति झल्कने झाँकी, नृत्य तथा भेषभुषा प्रदर्शनले नेपाली तथा जापानी नागरिकलाई मनोरञ्जनसँगै नेपाली कला संस्कृतिको झझल्को दिलाएको देखिन्थ्यो।

जसमा नौमती पञ्चे बाजा, लाखे नाच, भूमे नाच लगायत समेटिएको थियो। फेस्टिवलको दोस्रो दिन जनैपूर्णिमाको अवसरमा फेष्टिवल स्थलमानै पण्डितहरुद्वारा विधि पूर्वक रुद्री तथा हवन गरी जनै मन्त्रणा गर्नुका साथै सामूहिक रक्षाबन्धन बाँध्ने काम समेत भएको थियो।

नेपाल फेष्टिवलको उद्घाटन नेपाली राजदूत प्रतिभा राणाले गरेकी थिइन् भने गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष भवन भट्ट, एनआरएनए जापानका अध्यक्ष टासी वांग्दी लामा, एनआरएन हङकङकी अध्यक्ष टिका गुरुङ र एनआरएन दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ लगायतको उपस्थिति रहेको थियो।

टोकियोको मुख्य भागभन्दा केही पर कोमाजावास्थित ओलम्पिक पार्कमा आयोजना फेष्टिवल प्रति सहभागीहरूले बिभिन्न खालका प्रतिक्रिया समेत दिए। केहीले दुरिको हिसाबले टाढा भएको प्रतिक्रिया दिए भने केहीको गुनासो व्यवस्थापन प्रति लक्षित थियो।

यसअघिको तुलनामा फोहोर व्यवस्थापन सहित फेष्टिवल स्थलमा सुरक्षामा विशेष व्यवस्था मिलाएको आयोजकसँगको समन्वयमा टोकियो प्रहरीले सादा पोशाकमा सुरक्षाकर्मीहरु समेत परिचालन गरेको थियो।

विगतका वर्षहरुमा जस्तै खाने परिकारहरुको चर्को मूल्य राखिएको जनगुनासो यस वर्ष पनि यथावत नै रह्यो भने विगतको तुलनामा यसपटक जापानी तथा अन्य नागरिकहरूको सहभागिता कम देखिन्थ्यो।

यसपटकको ११ औं नेपाल फेस्टिवललाई पहिलो पटक नेपाली राजदूतावास जापान र गैर आवासीय नेपाली संघ जापानले संयुक्त रुपमा आयोजना गरेको हो।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App