४ वैशाख २०८१ मंगलबार
राजनीति

जनप्रतिनिधिलाई कांग्रेस निर्देशन : जताजतै कर नबढाउ

काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरुले जनताको ढाडसेकीने गरी स्थानीय तहमा कर नबढाउन पार्टीको तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुखहरुलाई निर्देशन दिएका छन्।

 महानगर, उपमहानगर र नगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखका लागि सोमबार राजधानीमा आयोजना गरिएको भेलामा पार्टी शीर्ष नेताहरुले करको भार थपेर जनतालाई आहात होइन राहतका कार्यक्रम गरेर मन जित्न निर्देशन दिएका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयार्यक्रममा सभापति शेरबहादुर देउवाले संविधानले स्थानीय तहलाई प्रशस्तै अधिकार दिएकाले त्यसको सदुपयोग गर्न निर्देशन दिएका हुन्। स्थानीय तहमा अनावस्यक लगाइएको करले जनतामा आक्रोश बढाएको सुनाउँदै देउवाले भने, ‘जनताको हृदय जित्नेगरी काम गर्नुस्। त्यसले लोकतन्त्रको भविष्य त मजबुत बन्छ नै पार्टीप्रति जनताको विश्वास पनि बढ्नेछ।’ कर उठाउँदा जनतामा कस्तो असर पार्छ भन्ने ख्याल गर्न आग्रह गर्दै देउवाले भने, ‘त्यसबाट जनतालाई लाभ पुर्याउन सकिन्छ भन्ने विषयलाई ध्यान दिनपर्छ।’ कम्युनिष्ट नेतृत्व वर्तमान सरकार राज्यका सबै निकायमा कब्जा गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउँदै सभापति देउवाले प्रतिकूल अवस्थामा पार्टीको तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुखको भूमिका जिम्मेवार हुनुपर्ने तर्क गरे।

शक्तिपृथकिकरणको सिद्धान्त विपरित न्यायलयमाथि समेत सरकारले हस्तक्षेप गरेको पनि उनले आरोप लगाए। नेता रामचन्द्र पौडेलले जनताको सेवा सर्मपित हुन पार्टीकोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । स्थानीय तहका कतिपय जनप्रतिनिधिहरुले पञ्चायत कालिन जनप्रतिनिधिकै जस्तो आचरण देखाएको सुनाउँदै पौडेलले भने, ‘कसैलाई पनि पक्षमात नगरी सबैमा समान व्यवहार गर्नु आवश्यक छ।’ स्थानीय तहका जनप्रतिनिधिहरुसँग पार्टीको भाग्य र भविस्य जोडिएको जनाउँदै नेता पौडेलले भने,‘अहिले स्थितिबाट पार्टीलाई माथि उठाउन तपाईहरुको भूमिका अहंम छ। पारदर्शी, निष्पक्ष र न्यायोचित ढंगले जनताको काम गरे कांग्रेस, लोकतन्त्र र राष्ट्रलाई सहयोग गर्नुस्।’ उपसभापति विमलेन्द्र निधिले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई देशको विकाससँगै लोकतन्त्र र राजनीतिक स्थीरताको जिम्मेवारी पूरा गर्न निर्देशन दिए। संविधानले स्थानीय तहलाई कार्यकारी, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको सुनाउँदै निधिले भने, ‘कम्युनिष्टभन्दा कांग्रेसका प्रमुख उपप्रमुखले लोकप्रिय र दिगो विकास र जनताको हितमा उदाहरणीय काम गर्न जरुरी छ।’

कार्यक्रममा सहभागि प्रमुख र उपप्रमुखहरुले जनचाहना र भावना विपरित स्थानीय तहमा जताततै कर नबढाउने प्रतिवद्धता जनाउँदै जनचाहना अनुसार काम गर्ने धारणा राखेका थिए। कार्यक्रममा शंकर शर्मा, अच्युत वाग्ले, शेरबहादुर केसीसहितका व्यक्तिहरुले वित्तीय व्यवस्थापन र स्थानीय तहका अधिकार, कानुनी र अन्य प्रवाधानका विषयमा सहभागिलाई प्रशिक्षणसमेत दिइएका थिए।

प्रकाशित: ११ भाद्र २०७५ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App