coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

यस वर्षको मदन पुरस्कार निलम कार्की 'निहारिका' को योगमायाँलाई

निलम कार्की 'निहारिका'

काठमाडौं- यस पटकको मदन पुरस्कार 'योगमाया' पुस्तकका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई को जगदम्बाश्री प्रदान गर्ने समेत निर्णय गरेको छ।

यस वर्षको मदन पुरस्कारका लागि आठ पुस्तक छानिएका थिए। २०७४ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५३ पुस्तकमध्ये गुठीले आठवटा पुस्तकलाई श्रेष्ठ पुस्तकका रुपमा छनौट गरेको थियो।

छनौट भएका पुस्तकमा नीलम कार्की निहारिकाको ‘योगमाया’, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ रहेका थिए।

 

प्रकाशित: ११ भाद्र २०७५ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App