coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अन्तर्गत विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं- राष्ट्रिय सभा अन्तर्गत गठित चार विषयगत समितिका सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ। निर्वाचन भदौ १३ गते हुँदै छ।

विषयगत समितिका सभापतिको निर्वाचन भदौ तीन गते तोकिएको भए पनि विशेष कारणवस भन्दै  सभाको साउन ३१ गतेको बैठकले भदौ १३ लाई सारेको थियो।

कार्यतालिका अनुसार भदौ १३ गते विहान ११ बजेको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। निर्वाचन कार्यतालिका अनुसार भदौ १२ गते ११ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभाको सम्वन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै एक सदस्यको समर्थन सहित प्रस्ताव दर्ता गर्ने, ४:३० बजे निर्धारित समयमा दर्ता भएका प्रस्तावको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने, १३ गते ११ बजे सम्वन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित: ११ भाद्र २०७५ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App