७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल–चीन सुरक्षा: सीमा समस्याबारे ताक्लाकोटमा बैठक

दार्चुला–सीमा सुरक्षा, थप नाका सञ्चालनलगायतका विषयमा नेपाल र  चीनका स्थानीय प्रशासन तथा सुरक्षा निकायको बैठक चीनको स्वशासित तिब्बतको सीमावर्ती क्षेत्र तक्लाकोटको अलीमा सुरु भएको छ।

चाइना नेपाल पोलिसी कोअपरेसन इन्फोमेशनको उक्त बैठकमा तिब्बतसंग सीमा जोडिएका  दार्चुला र हुम्लाका सुरक्षा अधिकारीहरुको सहभागिता छ।

बैठकमा दार्चुलास्थित त्रीदेशीय नाका सञ्चालनका बारेमा दुवैदेशका सुरक्षा अधिकारीहरु बीच छलफल भइरहेकोे छ । त्यस्तै उत्तरी छिमेकीसंग यसअघि भएका सहमति र थप सहकार्यका विषयमा पनि चिनियाँ समकक्षीहरुसँग छलफल भइरहेको बैठकमा सहभागी दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी गराए।

भदौ ९दखि ११ गतेसम्म तीन दिन सञ्चालन हुने बैठकमा नेपालका तर्फबाट दार्चुलाका डिएसपी नवराज अधिकारी, सशस्त्रका डिएसपी भीमबहादुर चन्द, सहायक प्रजिअ शिवराज जोशी र प्रनानी धनबहादुर खडायत सहभागी छन्। हुम्लाबाट प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, डिएसपी रबीन श्रेष्ठ र प्रनानी बिनोद बोहरा सहभागी छन।

 

प्रकाशित: ११ भाद्र २०७५ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App