८ वैशाख २०८१ शनिबार
अर्थ

हुन्डाईको ‘गेट सेट गो’ अफरका विजेतालाई क्रेटा कार

काठमाडौं– नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले दशैं–तिहार ‘गेट, सेट, गो’ अफरको विजेताहरुलाई पुरस्कार वितरण गरेको छ। तीनकुनेस्थित  हुन्डाईको शोरुममा एक कार्यक्रमबीच भाद्र ३० गते पुरस्कार वितरण गरेको हो।

सो अफरअन्तर्गत हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको नगद छूट, एक वर्षको बिमा, ५६ जनाका लागि सामसुङ ग्यालेक्सी एस सिक्स एज स्मार्टफोन र बम्पर उपहारमा हुन्डाई क्रेटा कार जितेका छन्।

‘सेट’ अफरअन्तर्गत ५६ जना भाग्यशाली ग्राहकहरुले सामसुङ ग्यालेक्सी एस सिक्स एज स्मार्ट फोन जितेका छन्। सो अफरका विजेताको घोषणा हुन्डाईको थापाथली र भाटभटेनीस्थित शोरुममा आएका ग्राहकको हातबाट सो कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ। सामसुङ ग्यालेक्सी एस सिक्स एज स्माटफोनहरु विजेताहरुलाई वितरण गरिसकेको छ।

‘गेट सेट गो’ अफरको विजेताको घोषणा लक्कीड्र मार्फत  भादौ ६ गते गरिएको थियो। कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र लक्ष्मीहुन्डाई मनाङ(मस्र्याङ्दी क्लब एंवम् नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङले बम्पर उपहार विजेतालाई हस्तान्तर गरे। ‘गो’ अफर अन्तर्गतको बम्पर उपहार बुटवलकी सुमी श्रेष्ठलाई प्रदान गरिएको थियो।

यो योजना २०७२ भदौ २४ देखि २०७२ मङ्सिर १० गतेसम्म लागू गरिएको थियो।
 

प्रकाशित: ३० भाद्र २०७३ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App