७ वैशाख २०८१ शुक्रबार
अन्य

‘बदलिँदो फेसन ट्रेन्ड’

फेसनको दुनियाँमा रमाउनेको जमात दिनानुदिन बढ्दै छ । हरेक कुरामा फेसन खोज्नेहरूमा युवापुस्ता मात्र नभएर पाका उमेर समूहका मानिस पनि छन्  । दैनिक जीवनमा प्रयोग गरिने लत्ताकपडा, जुत्ता चप्पल, एसेसोरिज्, मेकअप, कपालको स्टाइल, शरिरको चाल नै फेसन हो । मानिसको दैनिकीमा फेसनले निकै महत्वपूर्ण भूमिका खेलेको छ । पश्चिमा स्टाइल, छोटा लुगा लगाउनु मात्र फेसन भन्ने चलन अहिले हराउँदै गएको छ । युवा–पुस्ताहरूमा शालीन ड्रेसअप गर्न रुचाउनेको संख्या पहिलेभन्दा निकै बढेको देख्न सकिन्छ।

कलाकार दीपाश्री निरौला प्रायः लामो कुर्ती र प्लाजोमा सजिएकी हुन्छिन् । ‘शरिर सुहाउदो पहिरण्न लगाएर व्यक्तित्वमा निखारपन ल्याउनु नै फेसन हो,’ उनले भनिन् । प्रायः क्याजुवल ड्रेस लगाउन रूचाउने दीपालाई भने थरिथरिका डिजाइनको कुर्तीमा देख्न सक्छौ । फेसनले दैनिक जीवनमा निकै प्रभाव पार्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘शरिर सुहाउँदो र आरामदायी पहिरन लगाउनु नै फेसन हो, बजारमा जे चलेको छ त्यहि लगाउनु फेसन होइन्।’

बजारमा चलेको फेसन विशेष गरी टिनएज उमेरकाहरूको लागि हुने भएकाले आफूलाई सुहाउँदो फेसनको समान खरिद गर्नुपर्ने उनी बताँउछिन् । फेसन गर्ने कुरामा शारीरिक बनोटले निर्धारण गर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘हामीले फेसन गर्दा आफ्नो शरिरको बनोट, रंग, आकार अनुसारको फेसन गरियो भने सुन्दरता अझ थपिन्छ, तसर्थ फेसनको सेन्स हुनु आवश्यक हुन्छ । सिजन अनुसार बजारमा चलेको फेसनमा आफूलाई सुहाउने, अझ राम्राी देखाउन मद्दत गर्ने लुगा लगाउनु पर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘शरिर सुहाउँदो, समाजमा पच्ने खालको फेसन गर्न जरुरी हुन्छ, फेसनले मानिसको व्यक्तित्व झल्काउने हो गलत फेसन गर्दा हाँसोको पात्र बनिएको त छैन ? बिचार गर्नु पर्छ।’

नायिका प्रियंका कार्कीलाई समय अनुसारको फेसन गर्न मनपर्छ । प्रियंका समय, मौसम अनि माहोल अनुसार फेसन गर्छिन् । ‘बजारमा चलेको ट्रेन्ड मात्र फेसन होइन्, फेसन भनेको युनिक र स्मार्ट देखिनु हो,’ उनको बुझाइ छ । समय अनुसार धेरै फेसन बजारमा आए पनि आफूलाई सहज हुने खालको फेसन गर्नु पर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘लगाउँदा जे सजिलो र आरामदायी लाग्छ त्यो लगाउनु, जसले तपाईको कन्फिडेन्ट पनि बढाओस् । समय मौसम अनुसारको फेसनको निकै बढेको उनी बताउँछिन् । पुराना जमानाका फेसनहरू फेरिँदै फेसनको रुपमा चल्दा निकै खुसी लागेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘ममीहरूले लगाएको लुगा अहिले हामीले लगाउन पाएका छौ, जुन निकै खुसीको कुरा हो।’

समय अनुसारको सजिलो फेसन गर्न रुचाउने प्रियंकाको एउटा मात्र फेबरेट फेसन भन्ने छैन् । कम्फर्ट हुने हरेक लुगा लगाउन मन पराउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘चेन्जिङ्’ नै फेसन हो, म आफूमा नयाँ नयाँ एक्स्पेरिमेन्ट गर्न रुचाउँछु, सामान्य लुक्स्भन्दा युनिक देखिनु नै फेसन हो ।’ हाइवेस्ट फ्ल्याट प्यान्ट, फ्लोरल प्रिन्टेड, ठूला आकारका चस्मा, लामो डिजाइनको कुर्तालगायत हरेक पुरानो ट्रेन्डका फेसनहरू फर्किएको उनी बताउँछिन्।

समय अनुसारको नयाँ लुक्स दिनु नै फेसन हो । हरेक हप्ता जसो बजारमा फरक फरक फेसन आएको देख्न सकिन्छ । फेसनको संसारमा रम्ने युवापुस्ताको जमान दिनानुदिन बढ्दै गएको देख्न सकिन्छ । सामान्य विद्यार्थी देखि सेलिब्रेटिसम्मले फेसनमा आफ्नो आफ्नो पकड जमाएका छन् । पुरानो समयमा आएका फेसनेबल लुगाले फेरि फेसनको दुनियाँमा तहल्का मच्चाएको पाइन्छ । यहि भिडमा फेसन डिजाइनरहरूको मत पनि फरक भने छैन्।

फेसन डिजाइनर अरुणा जोशीले विगत २४ बर्ष देखि फेसनको संसारमा नयाँ नयाँ सृजना गरेकी छन् । पार्टी वेयरका विभिन्न फेसनेबल ड्रेसहरू बनाउन निकै व्यस्त रहेकी छिन् । फेसन भनेको मानिसको व्यक्तित्वको पहिचान रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अरुले लगाएको देखेको भरमा फेसन गर्नु फेसन होइन, आफ्नो शरिरमा सुहाउने र सहज हुने पहिरन गर्नु नै फेसन हो।’

विगतको तुलनामा अहिले फेसनप्रति निकै उदार सोच आएको उनी अनुभव सुनाउँछिन् ।

अरुणा पुल्चोकस्थित ए एन्ड ए फेसन स्टुडियोकी सञ्चालिका हुन् । अरुणाले नयाँ फेसन डिजाइनरलाई विभिन्न ट्रेनिङ र इन्टर्नको रुपमा काम गर्नसमेत सिकाउँछिन् । फेसनेबल लुगा लगाउँदा सहज हुन्छ हुँदैन, कम्फर्ट हुन्छ हुँदैन, कुन ठाँउमा लगाउँदा ठिक हुन्छ लगायतका कुरामा ध्यान दिएर फेसन अनुसारको लुगा लगाउनु पर्ने उनी बताउँछिन् । सामान्यतया दैनिक जीवनमा लगाइने लुगा, आउट फिट नै फेसन बताउने अरुणा भन्छिन्, ‘फेसन भनेको अरुको देखासिखी गर्नु होइन, मान्छेले आफूलाई सुहाउँदो, आरामदायी लुगा लगाउनु नै फेसन हो ।’ मान्छेले लुगा लगाउने तरिका जान्ने हो भने फेसनेबल हुने उनी बताउँछिन्।

ठमेलका रेवत सिङ महर्जन रिवास ह्यान्डिक्राफ्ट एन्ड गार्मेन्टका सञ्चालक हुन । फेसनको लहरले गार्मेन्टका समानमा पनि निकै फरक पार्ने उनी बताउँछन् । उनी भन्छन्, ‘मैले काम सुरु गर्दा र अहिलेको यो दश बर्षको समयमा फेसनले निकै फड्को मारेको छ । सानो हेड व्यान्डदेखि लुगासम्म लगाउने ट्रेन्ड नै निकै फरक छ । गर्मी मौसमदेखि चिसो मौसमसम्मका लगाउने, खाने हरेक कुरामा फेसन देखिन्छ । शहरिया जीवनशैलीको लागि फेसनले प्रत्यक्ष असर पारेको उनी बताउँछन् । हामीले बोल्ने भाषा, लगाउने लत्ताकपडा, खाइने खानाको परिकारमा समेत पश्चिमेली संस्कृतिले हस्तक्षेप गरिसकेको उनको भनाइ छ। ‘समय अनुसार मानिसहरू निकै फेसनेबल भएका छन् । मौसम, समय र माहोल अनुसार आफूलाई न्यु लुक्स् दिन मानिसहरू सधै तत्पर हुने गर्छन ’ महर्जनले बताए । फेसनमा रम्न रुचाउनेमा कामकाजी महिला होस् या पुरुष सबैलाई अरुभन्दा युनिक, स्मार्ट देखिने रहरमा सामान खरिद गर्न आउने उनी बताउँछन्।

प्रकाशित: ११ भाद्र २०७५ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App