coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘आमाको तिलरी र खड्कुलो बेचेर पढेँ’

गाउँभरिका केटाकेटी जम्मा गरेर ट्युसन पठाउथे उनी । त्यसवापत उनी मात्रै खाजाको आशा राख्थे । अन्य कुनै शुल्क लिँदैनथे । स्कूले जीवन पढ्दा अभिनेता राज घिमिरेको दैनिकी यस्तै थियो । दिनभरी मजदुरी र ज्यामी काम गर्थे उनी । कसैले केही पैसा दिन्छ भने अरुको मजदुरी गर्न काम गरिदिन्थे । विहान बेलुकी काम गरेर पढाई खर्च जुटाउँथे । ‘म त्यसै हिरो भएको होइन । यति दुःख भोगेँ रत समाज र कलाकारितालाई राम्ररी चिन्न सक्छु,’ उनी भन्छन्, ‘समाज र कलाकारिता एकअर्काका परिपूरक हुन्, यी दुवै पाटोलाई एकैसाथ अघि बढाउन सकियो भने त्यो दुवैको हितमा हुन सक्छ।’

उनी ‘लुट र चपली हाइट’ फिल्मबाट उनी चर्चामा आएका थिए । यी फिल्म उनका चिनारी पनि हुन् । फिल्मी क्षेत्रमा आउनका लागि के गरेनन् उनी । २०५५ सालमा डालोमा दालमोट वदान बेच्न हिड्थे । सित्तैमा ट्युसन पढाउथे, खेताला जानेलगायत अनेकन दुःख भोगेका छन् उनी।

उनले किट्नी कलेजमा प्सल टु गरेका थिए । त्यतिबेला पढाई शुल्क बुझाउने रकम नभएर आमाको तिलरी र खड्खुलो बेचेका थिए । ‘१८ सयमा तिलरी र खड्खुलो बेचेर पढेको हुँ,’ उनले सुनाए, ‘त्यति गरेर पनि पढाइमा ‘टप’ भएको थिएँ ।’ घरको आर्थिक अवस्था निकै नाजुक भएकाले पनि उनी प्लस टु भन्दा माथिको शिक्षा हासिल गर्न पाएनन् । पढाइ छाडेपछी उनी फिल्मी क्षेत्र र पाटन क्षेत्रमा ट्युसन पढाउने काम गर्थे । त्यहीँ शिलशीलामा फिल्मी क्षेत्रमा काम गर्न अवसर पाएपछि उनले बाटो मोडेका थिए।

अहिले उनी फिल्मी क्षेत्रमा मात्रै लागेका छैनन् । समाजलाई सपार्ने र सम्मुन्त सपना बोकेर हिडेका छन् । आफूले भोगेको दुःख बिर्सेर गरिबलाई सहयोगमा खटेका छन् । गोदावरी क्षेत्रमा सोलार बत्ती बाल्ने, सडक बनाउन पहल गर्ने, स्थानीयलाई प्रशासनिक कार्यमा झन्झट भएको थाहा पाए तुरुन्त गएर काम छिटो सकाउने पहल गरिदिने, बन्द सडक खुलाउन पहल गर्ने, किसानका समस्या हल गर्न पहल गर्ने, उपचार गर्न नसक्नेलाई आर्थिक सहयोग गर्नेलगायत थुपै कार्य गरेका छन्।

पछिल्लो समय कलाकारिता क्षेत्रमा भन्दा उनी सामाजिक क्षेत्रमा बढी चासो दिन्छन् । गोदावरीको विकासमा सरोकोरवाला निकायसँग हातेमालो पनि गर्दै आएका छन् उनी । ‘मैले फिल्मी क्षेत्रलाई चटक्कै छाड्दिनँ यो सँगसँगै समाजिक कार्यमा पनि उत्तिकै चासो दिन्छु,’ उनले भने, ‘पहिले समाजलाई बुझेपछि कलाकारिता गर्न झन् सहज हुन्छ ।’  उनले आफूलाई कलाकारिता क्षेत्रमा ल्याउनका लागि २५ बर्ष दुःख गरेका थिए।

प्रकाशित: ११ भाद्र २०७५ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App