१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डो अझै गोलविहीन

टुरिन (एपी) – दुई खेल, शून्य गोल । युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा गोलको खाता खोल्ने लक्ष्यले शनिबार पनि पूर्णता पाउन सकेन।

सिरस् ‘ए’ अन्तर्गत लाजियोमाथि २–० को जित हात पारेको खेलमा रोनाल्डोले ४ यार्डबाट पाएको सहज गोलको अवसर गुमाएपछि उनको सिरी ‘ए’ मा गोलको खाता खोल्ने यात्रा थप लम्बिएको हो।

रोनाल्डोले गत साता किइभो भेरोनाविरुद्ध ३–२ को जित हात पारेको खेलसँगै सिरी ‘ए’ मा डेब्यु गरेका थिए।

‘लगातार दोस्रो खेलमा गोल गर्न नसके पनि रोनाल्डो निराश छैनन्,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘रोनाल्डोका लागि सिरी ‘ए’ नयाँ हो र उनलाई लिगमा अभ्यस्त हुन अझै समय लाग्नेछ।’

‘रोनाल्डो उत्कृष्ट खेलाडी हुन्,’ एलेग्रीले थपे, ‘उनले स्पेनिस ला लिगामा रियाल मड्रिडबाट  आपूmलाई प्रमाणित गरिसकेका छन् । हामी उनले छिट्टै गोलको लय समात्नेमा आशावादी छाैं।’

रोनाल्डो यसै सिजन रियालबाट यसै सिजन १ अर्ब १२ करोड युरोमा युभेन्ट्समा अनुबन्धित भएका थिए।
‘रोनाल्डो उत्कृष्ट खेलाडी हुन् । हामीले उनीबाट केही पाठ सिक्नुपर्छ । उत्कृष्ट खेलाडीसँग खेल्न पाउँदा हामीलाई खुसी लागेको छ,’ युभेन्ट्सका मिडफिल्डर ब्लेसी मातौडीले भने, ‘उनको नसानसामा फुटबल छ । गोलका लागि प्रयासरत उनलाई हामीले  सहयोग गरिरहेका छौं।’

गत सिजन च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध उत्कृष्ट गोल गरेका रोनाल्डोबाट समर्थकले सही लय सिरी ‘ए’ मा पनि देखिने अपेक्षा गरेका थिए । तर किइभोविरुद्धको खेलमा उनले गोल गर्न नसक्दा युभेन्ट्सका समर्थक दुखी बनेका थिए।

३०औं मिनेटमा मेरालेम पेजानिकले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए।

खेल सकिन १५ मिनेट बाँकी हुँदा रोनाल्डोले गोलको सुनौलो अवसर पाएका थिए । तर उनले दायाँ खुट्टाबाट गरेको प्रहार आफ्नै बायाँ खुट्टामा लाग्दै फर्किएको थियो । स्ट्राइकर मारियो मान्डजुकिजले रोनाल्डोको खुट्टामा लाग्दा रिबाउन्डमा प्राप्त बललाई जाली चुमाउँदै युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए।

त्यस्तै सिरी ‘ए’ अन्र्तगत शनिबार नै भएको अर्को खेलमा नेपोलीले उत्कृष्ट पुनरागमनमा एसी मिलानमाथि ३–२ को रोमाञ्चक जित हात पारेको छ।

१५औं मिनेटमा गियाकोमो बोनाभेन्टुराले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा डाभिड कालाब्रियाले गोल गर्दै मिलानको अग्रता बढाएका थिए।

तर त्यसको ४ मिनेटपछि पियोर्ट जिल्नेस्कीले गोल गर्दै नेपोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । ६७औं मिनेटमा जिल्नेस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपोलीलाई खेलमा फर्काएका थिए।

खेल सकिन १० मिनेट बाँकी हुँदा द्रिइस मार्टिन्सले गरेको गोलमा नेपोलीले रोमाञ्चक जित पक्का गरेको थियो।

प्रकाशित: ११ भाद्र २०७५ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App