सुनसरीमा मानसिक सन्तुलन ठीक नभएकी महिला बलात्कृत

सोमबार, ११ भदौ २०७५, ०७ : ५२ नागरिक

इनरुवा – सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन्।

शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ र्षीर्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको देखिन्छ उनले भने।

मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन्। महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए। नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा च्यातिएको अवस्थामा भेटिएको स्थानीयवासीले बताएका छन्।

अर्धचेत अवस्थामा रहेकी ती महिलाको योनीबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए। बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad