‘दबाबमा अपराधी करार’

सोमबार, ११ भदौ २०७५, ०७ : १३ दीपेश केसी

काठमाडौं - महेन्द्रनगरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका आरोपितलाई लुकाउन निर्दोषलाई फसाउन खोजिएको हुनसक्नेतर्फ पुनः प्रहरी अनुसन्धान मोडिएको छ। पक्राऊबाहेक सम्भावित आरोपिततर्फ प्रहरीको अनुसन्धान तब गयो जब स्थानीयले यो मुद्दालाई दरिलोसँग उठाए।

नौ वर्षअघि काठमाडौंमा ख्याति श्रेष्ठको निर्मम हत्यामा दोषी ठहरिएकी मेरिना शाक्य कैद भुक्तानी गर्दै छिन् । जेलजीवन क्रममै स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेर शिक्षिका बनेकी उनलाई अदालतले दोषी ठहर गरे पनि नजिकबाट चिन्नेहरु दबाबले दोषी करार भएको ठोकुवा गर्छन्।

जेलभित्र जवानी सकेकी मरिना किशोरी नहुँदै पाको भइसकेकी देखिन्छिन्। साँच्चै दोषी थिइनन् भने पनि उनका जीवनको उर्बर समय जेलभित्र कटिसक्यो।

बाह्र वर्षअघि कोटेश्वरबाट अपहरणमा परी निर्मतापूर्वक हत्या गरिएका विवेक शर्मा लुइँँटेल काण्डमा मुख्य योजनाकार भनी मुछिएकी पटेनी लामा र सहयोगी भनिएकी सखिना मानन्धर खापुङ अदालतले तोकेको सजाय काटेर एक दशकपछि छुटेका छन्।

यी दुई घटनामा सम्मानित अदालतको फैसलाभन्दा पनि प्रहरीले अपराध अनुसन्धानमा देखाएको कमजोरीले दबाबमा दोषी करार हुनुपर्ने अवस्था देखायो । दुवै घटनामा भीडको दबाबले प्रहरीको अपराध अनुसन्धानसमेत प्रभावित भयो। जसरी प्रहरीले मिसिल तयार गरेर लग्यो तदनुरुप मुद्दा दायर भई पक्षमा फैसला आयो।

अपराधशास्त्री डा. रमेश पराजुली अपराध अनुसन्धानमै त्रुटि भएपछि दण्ड–न्याय पनि प्रभावित हुने बताउँछन्। उनी भन्छन्, ‘अदालतमा न्यायाधीशले अनुसन्धान नगर्दा निर्दोषले सजाय भोग्ने अवस्था बन्छ।’ अपराध अनुसन्धानको लामो अनुभव सँगालेका नेपाल प्रहरीका पूर्वडिआइजी केशव अधिकारी अभियोग लगाइएको व्यक्ति निर्दोष ठहर हुने अवस्था हुँदाहुँदै न्यायसमेत प्रभावित भएको स्वीकार्छन्। भीडदेखि अधिकारवादीसम्मले अपराध अनुसन्धानदेखि दण्ड–न्यायलाई प्रभावित पारेको अनुभव सुनाउँछन् उनी।

अपराध अनुसन्धानमा सर्वसाधारणदेखि मानवअधिकारवादी संघसंस्थाले समेत प्रभावित पार्ने स्वीकार्छन् नेपाल प्रहरीका एक वरिष्ठ अधिकारी। कुनै घटनामा निर्दोषसमेत लामो समय जेल जानुपर्ने अवस्था बन्नुमा दबाबले अपराधी करार हुने परिस्थिति रहेको अनुसन्धानमा संलग्न प्रहरी स्वयं स्वीकार्छन्।

भीड शान्त पार्न र माथिको दबाबका कारण घटनामा मुछिएका दुवै महिलालाई अभियुक्त बनाएर अनुसन्धानको फाइल तयार गर्नुपरेको बताउँछन् लुइँटेल हत्याकाण्डमा अनुसन्धान गरेका एक प्रहरी। उक्त हत्याकाण्डको अनुसन्धानमा प्रत्यक्ष संलग्न भएका तत्कालीन प्रहरी अधिकृत केशव अधिकारी घटनालाई लिएर चलचित्र बनाउने तयारीमा छन्। उनले स्क्रिप्ट तयार गरिसकेको खुलासा सामाजिक सञ्जालमार्फत् गरिसकेका छन्। चलचित्रको स्क्रिप्ट घटनाको भित्री पाटोको खुलासा हुनेगरी तयार हुन्छ या बाहिर सार्वजनिक भए जसरी भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘बाहिर आएभन्दा यथार्थ फरक रहेकाले त्यस अनुसार स्क्रिप्ट बन्छ।’

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री अपराध घटना अनुसन्धानमा कमीकमजोरी नहोस् भन्नेमा प्रहरी चनाखो रहे पनि केही कमीकमजोरी भने हुनसक्ने स्वीकार्छन्। प्रहरीको कुल जनशक्तिको ७.५ प्रतिशत मात्र अपराधका घटना अनुसन्धानमा संलग्न हुन पाउनु, न्यून जनशक्ति, सीमित साधन र स्रोतका कारण त्रुटि हुनसक्ने उनको तर्क छ।

मानवअधिकारवादी वा कुनै क्षेत्र वा लिंगप्रति लक्षित संघसंस्थाले निहित उद्देश्यका लागि दबाब सिर्जना गर्दासमेत प्रहरी अनुसन्धान प्रभावित भई निर्दोषले जेल सजाय भोगेका घटना पनि छन्। चेलिबेटी बेचबिखन मुद्दामा केन्द्रीय कारागारमा सजाय भोगिरहेकी एक महिला भन्छिन्, ‘जुन संस्थाको दबाबमा मलाई चेलीबेटी बेचबिखनको आरोप लगाएर समातियो त्यही संस्थाको केन्द्रीय कार्यालयमा पक्राऊकै दिन मैले बच्चा जन्माएकी थिएँ।’ बालाजुमा फुटपाथमा मकै पोलेर जीविकोपार्जन गर्दै आएको आफू निर्दोष भएको दाबी उनको छ।

भीड, अधिकारवादी, पहुँचवालाको अनावश्यक दबाबलगायत विविध कारणले दबाबमा दोषी ठहर भएकाको जीवनको उर्बर समय जेलमा बिते पनि त्यसको क्षतिपूर्ति हुने प्रावधान विगतमा थिएन। तर भदौ १ देखि लागू नयाँ सहितामा भने यस्तो अवस्थामा पीडितले क्षतिपूर्ति दाबी गर्नु पाउने व्यवस्था छ।

हत्या जस्तो जघन्य घटनामा भन्दा बलात्कार र अपहरणका घटनामा धेरै निर्दोष जेल बस्न बाध्य छन्। नख्खुस्थित कारागारमा बलात्कार मुद्दामा जेल सजाय काटिरहेका एक युवक भन्छन्, ‘विवाह कि जेल रोज्ने अवस्था आउँदा मैले जेल रोजेको हुँ। सहमतिमा सम्बन्ध राख्दै आएकी युवतीले विवाह गर्न दबाब दिएपछि आफूले नमान्दा जेल जीवन बिताउनुपरेको उनको भनाइ छ।

काठमाडौंस्थित एक कारागारमा रहेका आफ्ना प्रेमीलाई भेट्न एक युवती गइरहन्छिन्। युवतीले नै ती युवकविरुद्ध बलात्कारको उजुरी प्रहरीमा गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। पछिल्लो समय युवती मुद्दा फिर्ताका लागि सक्रिय भएकी छिन्। कुनै बेला ‘लिभिङ टुगेदर’ मा रहेका यी दुवैबीच असमझदारी बढेपछि युवतीले बलात्कार गरेको आरोप लगाएको प्रहरीले ढिलोगरी पत्ता लगायो। युवतीले बलात्कारसम्बन्धी कानुनलाई आफ्नो स्वार्थमा दुरुपयोग गरेको भेटिएपछि प्रहरी पनि गम्भीर बनेको छ।

अपराध अनुसन्धानमा भएका यस्ता त्रुटिबारे सोध्दा प्रहरीका एक अधिकारी भन्छन्, ‘कुनै महिला बलात्कार भयो भनेर रुँदै आउँदा प्रहरीले उजुरी दर्ता गर्दिन भन्न सक्दैन।’ अपराध अनुसन्धान गर्ने प्रहरी भावुक हुँदा हुनसक्ने त्रुटि यसबाट पनि उजागर हुन्छ । जसका कारण निर्दोष अनाहकमा लामो समय जेल सजाय भोग्न बाध्य हुन्छन्। अपराधशास्त्री पराजुली अपराधशास्त्रको आधारभूत सिद्धान्तलाई बेवास्ता गरेर अनुसन्धान र फैसला गर्ने प्रवृत्तिले निर्र्दोष पनि अपराधी करार भएको बताउँछन्। पूर्वडिआइजी अधिकारी प्रमाणको भार आफैंमा हुँदा अभियोग लागेकाले त्यसलाई प्रमाणित गर्न कठिन हुँदा दोषी हुनसक्ने तर्क गर्छन्।

सजायमा छुटसमेत नपाउने गरी अपहरणसम्बन्धी कानुन बनेपछि यसको पनि दुरुपयोग भएको छ। साथीभाइको लहैलहैमा लागेर केही रकमको लोभमा पर्दा केही युवक वर्षौंसम्म जेल सजाय भोग्न बाध्य छन्। सादा पोसाकका प्रहरी अधिकृतसँगको सामान्य भनाभनमासमेत पदको दुरुपयोग गरी आफूलाई अपहरण जस्तो गम्भीर मुद्दा लगाएर जेलमा राखिएको गुनासो गर्छन् डिल्लीबजार कारागारमा रहेका एक युवक । एउटा अपराधमा संलग्न भएर अर्को अपराधमा सजाय भोग्नुपरेको कतिपय कैदीबन्दी बताउँछन्।
प्रहरीले ठगी वा अपहरणमा संलग्न कतिपयलाई लागूऔषध ओसारपसारमा संलग्न भएको अभियोग लगाएर मुद्दा दर्ता गरेका गुनासो कतिपय कैदीबन्दीको छ।

पहुँचवालाको दबाबमा आफूहरुलाई अन्यायमा पारिएको दाबी गर्छन् लेनदेन रकम उठाउन जाँदा पक्राऊ परी हाल जेलमा रहेको एक समूहका सदस्यहरु। सबै कैदीबन्दी निर्दोष भएर फसाइएका भने होइनन् तर सबै कैदीबन्दी दोषी हुन्छन् भन्ने छैन। अपराध अनुसन्धानमा त्रुटि हुँदा निर्दोष व्यक्तिले गम्भीर अपराधमा कठोर सजाय भोग्नुपर्ने बाध्यता आउन सक्छ। व्यक्ति हत्या कसुरमा जेल सजाय भोगेका तर पछि मारिएका भनिएका ती व्यक्ति जीवित फेला परेको तथ्य पनि नेपालमा छ । प्रहरीले यस्ता विषयमा हेक्का नपु¥याउँदा दोषी ठहर भई कारागार सजाय भोगिरहेका कतिपय कैदीबन्दीले ‘ईश्वरले सत्य देख्छन् तर पर्खनुपर्छ’ भन्ने अवस्था आउन सक्छ।






यसमा तपाईको मत

अन्य समाचार

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

Ncell Footer Ad