coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रविधि

आइफोन सेभेन प्लस र जेट ब्ल्याक उपभोक्ताले तत्कालै नपाउने

क्यालिफोर्निया–एप्पलले गत हप्ता सार्वजनिक गरेको आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लसको सेप्टेम्बर १६ बाट बिक्री सुरु गर्ने बताएको थियो। सार्वजनीक रुपमा बिक्री वितरण सुरु गर्नु एक दिन अगाडि एप्पलले आइफोन सेभेन प्लस र आइफोन सेभेन जेट ब्ल्याकको स्टक सकिएको जनाएको छ।

‘हामीले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस सेप्टेम्बर १६ अर्थात शुक्रबारबाट सार्वजनिक रुपमा बिक्री वितरणका लागि एप्पल रिटेल स्टारमा उपलब्ध हुने बताएका थियौं तर सार्वजनीक बिक्री वितरण अगावै आइफोन सेभेन प्लस र आइफोन सेभेन जेट ब्ल्याक प्रि–अर्डरका कारण सकिएको छ। यो उपलब्ध हुनेछैन।’

एप्पलले बुधबार एक विज्ञप्त्ति निकाल्दै आइफोन सेभेन प्लस आइफोन सेभेन जेट ब्ल्याकको स्टक सकिएको उल्लेख गरेको हो । ‘हामीले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस सेप्टेम्बर १६ अर्थात शुक्रबारबाट सार्वजनिक रुपमा बिक्री वितरणका लागि एप्पल रिटेल स्टारमा उपलब्ध हुने बताएका थियौं तर सार्वजनीक बिक्री वितरण अगावै आइफोन सेभेन प्लस र आइफोन सेभेन जेट ब्ल्याक प्रि–अर्डरका कारण सकिएको छ। यो उपलब्ध हुनेछैन।’

एप्पलले शुक्रबारदेखि सिल्भर, गोल्ड,रोज गोल्ड र ब्ल्याक कलरका आइफोन सेभेन निश्चित मात्रामा एप्पल रिटेल स्टोरमा उपलब्ध हुने जनाएको छ। एप्पल डटकममा गई आफूले चाहेको मोडल तथा रंगको आइफोन अर्डर गर्न सक्ने उसले जनाएको छ।

सबै ग्राहाकको हातमा आइफोनको नयाँ उत्पादन देख्न चाहेको बताउँदै एप्लले छिटोभन्दा छिटो ग्राहकको चहाना अनुसार आइफोन सभेन प्लस र आइफोन सेभेन जेट ब्ल्याक उपलब्ध गराउने जनाएको छ ।

 

प्रकाशित: ३० भाद्र २०७३ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App