८ वैशाख २०८१ शनिबार
समाज

पहिरोमा परी बालकको मृत्यु

नुवाकोट- पहिरोमा पुरिएर जिल्लाको शिवपुरी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका–६ का लोकबहादुर तामाङका नौ वर्षीय छोरा अर्पण तामाङको आइतबार पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। 

बाख्रा गोठालो गएका अर्पणलाई स्थानीय च्यानडाँडाको खोल्सामा माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्युभएको थियो। रासस

प्रकाशित: १० भाद्र २०७५ १६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App