बिम्स्टेक सम्मेलन : प्राथमिकता निर्धारण गर्न प्रधानमन्त्रीलाई आग्रह

आइतबार, १० भदौ २०७५, २१ : ५६ नागरिक

काठमाडाैं- बिम्स्टेकको आगामी चौथो शिखर सम्मेलनमा प्राथमिकता निर्धारण गर्नुपर्ने कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिइएको छ। 

कूटनीति, विदेश मामिला र आर्थिक क्षेत्रमा कार्यरत नेपाल, भारत र बङ्गलादेशका संस्थामा आबद्ध केही व्यक्तित्वले अाइतबार साँझ प्रधानमन्त्री ओलीलाई उहाँको निवास बालुवाटारमा भेटी बिम्स्टेकको कार्य क्षेत्रका बारेमा सुझाव दिएका हुन्।

बिम्स्टेकको आगामी शिखर सम्मेलनका एजेण्डा के हुनुपर्छ भन्नेबारेमा यही अगष्ट २–३ मा रणनीतिक तथा सामाजिक, आर्थिक अध्ययन प्रतिष्ठान, विकासशील राष्ट्रका लागि अनुुसन्धान र सूचना प्रणाली, भारत नीति संवाद केन्द्र, बङ्गलादेशका ‘थिङ्ट्याङ्क’ हरुद्वारा आयोजित बिम्स्टेकको पूर्वपरामर्श बैठकमा पारित सुझाव प्रधानमन्त्रीलाई बुझाइएको हो। 

रणनीतिक तथा सामाजिक, आर्थिक अध्ययन प्रतिष्ठान, नेपालका कार्यवाहक अध्यक्ष डा गोविन्द नेपालले दिएको जानकारीअनुसार सो बैठकले बिम्स्टेकको सफलताका लागि आगामी शिखर सम्मेलनले निर्धारण गर्नुपर्ने कार्यक्षेत्रका बारेमा सुझाव दिएको थियो। हाल बिम्स्टेकका हाल १४ वटा कार्य क्षेत्र रहेकामा तिनलाई घटाएर थोरै प्राथमिकताका क्षेत्रमा सीमित गर्नुपर्ने र यसो गर्न सकिएमा ती क्षेत्रमा ठोसरुपमा काम गर्न सकिने सुझाव दिइएको छ। 

डा नेपालका अनुसार सडक सञ्जाल ‘कनेक्टिभिटी’, व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन, जनता जनताबीचको सम्पर्क, जलवायु परिवर्तन र बिम्स्टेकको सचिवालयको सबलीकरण विषयमा प्राथमिकता निर्धारण गरी काम गर्नेगरी कार्य क्षेत्र बनाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ। 

बिम्स्टेकमा पर्वतीय र सामुन्द्रिक देश रहेकाले जलवायु परिवर्तनका कारण पहाड र समुद्रमा पार्ने प्रभावका बारेमा यस सङ्गठनले काम गर्नुपर्ने भन्दै आगामी शिखर सम्मेलनमा यस क्षेत्रलाई पनि प्राथमिकतामा राख्न पनि सुझाइएको उनले बताए।

यी सुझाव सान्दर्भिक रहेकाले आगामी शिखर सम्मेलनमा आफूले राख्ने आश्वासन प्रधानमन्त्री ओलीले दिएको नेपालले जानकारी दिए। बिम्स्टेककोे चौथो शिखर सम्मेलन आगामी बिहीबार र शुक्रबार काठमाडौँमा आयोजना हुँदैछ। रासस








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad