काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि कार्यवाहक प्रधानमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणमा गएकाले उनले सम्हालेको जिम्मेवारी संविधानअनुसार उनीपछि दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री निधिले पाएका हुन्।
राष्ट्रपति कार्यालयकाअनुसार कार्यवाहक प्रधानमन्त्री निधिले प्रधानमन्त्रीले गर्ने नियमित प्रशासकीय काम गर्नेछन्। संयुक्त सरकारमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका निधि पार्टीका प्रभावशाली नेता हुन्।
प्रकाशित: ३० भाद्र २०७३ ०९:२४ बिहीबार