७ वैशाख २०८१ शुक्रबार
समाज

सुरक्षा गार्ड हत्या आरोपमा एक पक्राउ

विराटनगर- विराटनगर–२ स्थित बिक्की हार्डवयरका सुरक्षा गार्डको हत्या गरेको आरोपमा ठेला चालक पक्राउ परेका छन्। भट्टराईको हत्या आरोपमा विराटनगरमा ठेला चलाउँदै आएका  विराटनगर–४ जामुनगाछीका संजय सहनी पक्राउ परेका हुन्।

हार्डवयरको सिसि टीभीको रेकर्डको सहायतामा खोजतलास गर्दा भदौ १० गते विराटनगर— १५ बाट सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। भदौ २ गते राती  बिक्की हार्डवयरमा पुगेका सहनी र सुरक्षा गार्ड भट्टराईबीच विवाद भएको र त्यहिक्रममा सहनीले रडलगायतका बस्तु प्रयोग गरी भट्टराईको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसान्धानमा देखिएको मोरङ प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए। उनका अनुसार पुरानो रिसिइवीले भन्दा पनि तत्काल उत्पन्न विवादले भट्टराईको हत्या गरेको देखिएको छ। सहनी र भट्टराईबीच विवाद भएको त्यसक्रममा हात हालाहालको स्थित उत्पन्न भएपछि रडले भट्टराईलाई हिर्काएको अनुसन्धानका क्रममा देखिएको केसीले बताए। हत्या आरोप लागेका सहनी लागु औषध दुर्व्यसनीसमेत भएको प्रहरीले जनाएको छ। सुरक्षागार्ड विराटनगर ४ पिपलचौकका भट्टराईको शव हार्डवेयर भित्रै हत्या गरेर छाडेको अवस्थामा भदौ ३ गते भेटिएको थियो। उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: १० भाद्र २०७५ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App