८ वैशाख २०८१ शनिबार
राजनीति

बिमस्टेक तयारी : फेरिएन पृथ्वीनारायण शाहको शालिकमाथिको झण्डा

तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं– सरकारले आफ्नो सम्पूर्ण ध्यान बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा लगाएको छ। 

भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुखहरु नेपाल आउँदैछन्। अतिथिको स्वागतका लागि काठमाडौंलाई सिंगार्न सरकारले सम्पूर्ण शक्ति लगाएपनि सबैको नजर पर्ने सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक माथिको राष्ट्रिय झण्डा भने फेरेको छैन्। 

सिंहदरबारकाे मुख्य गेटमा पुरानो देखिने यो झण्डा फेर्न सरकारको ध्यान गएको छैन्। ध्यान नगएको हो कि जानाजान नफेरिएको त्यो प्रष्ट हुन सकेको छैन्। 

२०६२/०६३ को जनआन्दोलनपछि पृथ्वीनारायण शाहको जन्मजयन्ती समेत उपेक्षामा पर्दै आएको छ। नेपाल एकीकरणका प्रमुख शाहलाई राष्ट्रपिता समेत मानिने गरिन्छ। गणतन्त्र आउनुअघि उनको जन्मजयन्ती (पृथ्वी जयन्ती)लाई राष्ट्रिय एकता दिवस भनेर सार्वजनिक विदासहित मनाउने गरिन्थ्यो। 

प्रकाशित: १० भाद्र २०७५ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App