जापानका प्रधानमन्त्री आबे पार्टी नेतृत्वमा पुनः उम्मेदवार

आइतबार, १० भदौ २०७५, १६ : २८ नागरिक

टोक्यो- जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने आइतबार घोषणा गरेका छन्। पार्टी नेतृत्वमा विजयी भएमा उहाँ जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहनेछन्।

आबेले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखमा सहजै पुनः विजयी हुने अपेक्षा गरिएको छ किनभने उनको समर्थनमा ठूलो संख्यामा सांसदहरु छन् र उनलाई एकजना पूर्व रक्षामन्त्री शिगेरु इशिबाले मात्र चुनौती दिएका छन्। 

“मैले आगामी तीन वर्षका लागि एलडीपीको नेतृत्व गर्ने र प्रधानमन्त्री हुने निर्णय गरेको छु, र अर्को महिना हुने नेतृत्वको चुनावमा उठ्ने अठोट गरेको छु,” आबेले टेलिभिजनमा समेत प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा बताए। 

सेप्टेम्बर २० को पार्टी चुनावमा विजयी भएमा आबे अर्को तीन वर्षसम्म प्रधानमन्त्रीमा रहनेछन्। उनको विपक्षमा कुनै विपक्षी राजनीतिक दल पनि विरोधमा उभिएका छैनन्। 

सम्बोधनका क्रममा प्रधानमन्त्री आबेले जापानमा बढ्दै गएको बुढ्यौली जनसंख्याका बारेमा नीतिगत सुधार तथा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा केन्द्रित हुने बताए। 

पार्टी प्रमुखमा उम्मेदवारी दिएका इशिबाले पनि जनसांख्यिक सरोकार र उत्तर कोरियाको आणविक कार्यक्रमबाट उत्पन्न क्षेत्रीय सुरक्षा खतराका विषयमा ध्यान दिने बताए। 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad