५ वैशाख २०८१ बुधबार
फोटो फिचर

पशुपतिमा कान्छा पण्डित (फोटो फिचर)

काठमाडौँ– आइतवार जनैपूर्णिमाका अवसरमा पशुपति क्षेत्रमा बेग्लै रौनक छ। जनै लगाउन हजारौ मानिसहरुको ओहोर दोहोर छ। घरमा आफन्तजन वा पुरोहितबाट जनै नलगाउनेहरु पशुपति लगायत अन्य मन्दिर जाने गर्छन्। पशुपतिमा जनै फेराउन सयौ पण्डितहरु लामबद्ध भएर बसेका छन्। यहि भिडमा भेटिए सम्भवतः कान्छा ब्राम्हण रिजन भट्टराई।

दश वर्षिय भट्टराई कक्षा ४ मा पढ्छन्। उनको मूल घर रामेछाप हो। काठमाडौँ पिङ्गलास्थान बस्ने रिजन आज पशुपति क्षेत्रमा भेटिए। आफ्नी हजुरआमाले सिकाएको मन्त्र उच्चारण गर्दै उनले दर्शनार्थीहरुलाई डोरो लगाइदिए। व्रतबन्ध गरिनसकेकाले उनले जनै फेराउने काम भने गरेनन्।

पशुपति क्षेत्रमा जनै र डोरो लगाइदिनेहरुमा उनी नै सबैभन्दा कान्छा देखिए। सरकारले विदा नदिएपनि उनी पढ्ने विद्यालयमा पढाइ नभएको अवसरको सदुपयोग गर्दै उनी विहानैदेखि नुहाइधुवाइ गरि पशुपति क्षेत्रमा डोरो लगाइदिन चिटिक्क परेर बसेका थिए। उनले आज राम्रै आम्दानी भएको बताए। बिहानपख नै उनले दुई हजार भन्दा बढी कमाइसकेको बताए। आफूले कमाएको पैसा सबै खुत्रुकेमा राख्ने गरेको उनले बताए।

तस्बिर सबै विष्णु लामिछाने

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App