coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दुई नेपाली खेलाडी प्रतियोगिताबाट वञ्चित

काठमाडौं – दुई नेपाली खेलाडी एसियाली खेलकुद खेल्नबाट वञ्चित भएका छन्। इण्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सका २ नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन्।

नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरू खेल्नबाट वञ्चित भएका हुन्। महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन्। 

यसअघि एसियाली खेलकुदमा विश्वरुपाले १० हजार मिटर र ५ हजार मिटरमा तथा सोमबहादुरले ४ सय मिटर र ८ सय मिटरमा प्रतिस्पर्धा गर्ने भाग लिने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको थियो।

दुबैले एक–एक विधामा प्रतिस्पर्धा गर्न भने बाँकी छ। एथ्लेटिक्सकी व्यवस्थापक शान्ति सिंहले विश्वरुपालाई रङ्गशालाभित्र पठाए पनि भाग लिन नपाएको बताए। यसअघि शनिबार सोमबहादुर कुमाल चार सय मिटर दौडमा भाग लिनबाट वञ्चित भएका थिए।    (रासस)

प्रकाशित: १० भाद्र २०७५ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App