coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कमला नदीमा बेपत्ता भएका तीन मध्ये एकको शव फेला

सिरहा – कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव आइतबार मध्यान्ह फेला परेको छ। औरही गाउँपालिका ३ तुलसीपुरका १९ वर्षीय कृष्णकुमार महतोको शव धनुषाको गणेशमानचारनाथ नगरपालिका–८ स्थित कमला नदी किनारमा फेला परेको सिरहा प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

बेपत्ता बाँकी दुईजना गोलबजार नगरपालिका–४(नीपाने) का मन्जय महरा र राहुल महराको खोजी जारी रहेको एसपी श्रेष्ठाले बताए। नेपाली सेनासहितको टोलीले रबर बोटको सहायताले बेपता दुईजनाको खोजी तीब्र बनाएको छ। महतोको शव भेटिएकै वरिवपरी खोजी कार्यलाई केन्द्रीत गरिएको उनले बताए।

शनिबार कमला नदीमा नुहाउने क्रममा पानीको बहाव बढी भएको डुबेर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ।

बेपाताहरुको खोजीका लागि भारतीय सहर जयनगरको प्रहरीसँग समन्वय गरेर उतातीर पनि खोजी जारी रहेको एसपी श्रेष्ठले बताए। सिरहा र धनुषाको बीचबाट बग्ने कमला नदी भारतीय सहर जयनगर हुँदै गंगासागरमा मिल्छ।

प्रकाशित: १० भाद्र २०७५ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App