coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बार्सिलोनाको कठिन जित, एथ्लेटिको मड्रिडलाई पनि सफलता

काठमाडौं – ओस्मान डेम्बेले खेलको ५७औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भालोडोलिडविरुद्ध १–० को कठिन जित निकालेको छ।

भालाडोलिडले घरेलु मैदानमा शनिबार राति भएको खेलमा डेम्बेलेले सेर्गी रोबर्टोको पासमा गरेको गोल नै साविक विजेतालाई बराबरीमा रोकिनबाट जोगाउन सफल भयो। खेलको अन्त्यतिर भालाडोलिडले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्री भारले गोलको मान्यता नदिएपछि भालाडोलिड निराश बनेको थियो।

भालाडोलिड यसै सिजन ला लिगामा बढुवा भएको हो। राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले पनि रायो भालेकानोलाई समान १–० गोल अन्तरले नै हरायो। उसको जितमा खेलको ६३औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले निर्णायक गोल गरे। 

 

प्रकाशित: १० भाद्र २०७५ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App