coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्मार्ट टेलिकमको नयाँ ब्रान्डिङमा प्रस्तुत

काठमाडौं – स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले  आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा विकसित गर्ने उद्देश्यसहित नयाँ ब्रान्डिङमा प्रस्तुत भएको छ।

यसअन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ। यसअघि ‘स्मार्ट सेल’को रुपमा परिचित भएकोमा अब ‘स्मार्ट’का रुपमा प्रस्तुत हुने कम्पनीले जनाएको छ। कम्पनीले ‘योर वल्र्ड, योर भ्वाइस’ भन्ने नयाँ नारासमेत सार्वजनिक गरेको छ।

यसअघि रहेको ‘स्मार्ट सेल’ले लिएको दायरालाई ‘स्मार्ट’ले अझ बढी फराकिलो बनाउने विश्वासका साथ ‘रिब्रान्डिङ’ गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा छ । स्मार्टले रिब्रान्डिङको साथ ‘इटस् फ्रिडम’ नयाँ योजनासमेत सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ९९ रुपैयाँमा सिमकार्ड खरिद गरी ५० रुपैयाँको ब्यालेन्स, दुई सय एमबी डाटा, १० मिनेट टकटाइम र १० एसएमएस प्राप्त हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७५ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App