७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पत्नी बिक्री गर्न अनलाइनमा विज्ञापन !

लण्डन– बेलायतका एक पुरुषले आफ्नी पत्नीलाई लिलामीमा राख्दै बिक्रीका लागि अनलाइनमा विज्ञापन गरेका छन्। अनलाइन  साइट ‘इवे मा गरिएको विज्ञापनमा उनले आफ्नी पत्नीलाई एक लिलामीमा राखेको कारको संज्ञा दिएका छन्।

बेलायतका ३३ वर्षीय साइमन ओक्नले आफ्नी २७ वर्षीया पत्नी लिएन्ड्रालाई बिक्रीका लागि विज्ञापन गरेका हुन्। उनले पत्नीको तस्बिर उक्त साइटमा राखी बिक्रीमा रहेको बताउँदै खरिदकर्तालाई नाफा नोक्सानको हिसाब देखाउने समेत बताएका थिए। उक्त विज्ञापन गरेको दुई दिनमा नै ६५ हजार ८ सय ८८ पाउण्डसम्मको खरिद प्रस्ताव आएको बताइएको छ।

यता उनकी पत्नी लिएन्ड्राले भने उक्त विज्ञापनले  आफूलाई दुःखी बनाएको बताइन्। उनले भनिन्, ‘मैले आफ्नो कार्यलयका सहकर्मीबाट पहिलो पटक सो विज्ञापनका बारेमा थहाँ पाए,जब म आफ्नो कार्यलय गएँ मेरा सबै सहकर्मी मलाई देखेर हाँसे र उक्त समयमा मलाई आकेनदेखि यती रिस उठ्यो की  सायद उ अगाडि भएको भए म उसको हत्या गरिदिन्थे । उनले विज्ञापनमा आफ्नो नराम्रो तस्बिर मात्र प्रकाशित गरेको बताइन्।

हाल इवेले उक्त विज्ञापन हटाएको छ। यता ओकेनले भने विज्ञापन हटेपछि आफू निराश भएको बताएका छन्। उनले भने, ‘म यस्तो विज्ञापनमा कस्तो प्रतिक्रिया आउँछ भन्ने हेर्न चहान्थें।

प्रकाशित: ३० भाद्र २०७३ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App