८ वैशाख २०८१ शनिबार
राजनीति

के ले राेक्याे दाहालको अस्ट्रेलिया यात्रा ?

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा अस्ट्रेलियामा मोबाइलको सिमकार्ड समेत किनिएको थियो । होटल बुक भइसकेको थियो । उनलाई घुमाउने योजना बनिसकेको थियो।

एनआरएन अस्ट्रेलियाले पूर्व प्रधानमन्त्रीको हैसियतमा आइतबार (असार १२ गते) का लागि रात्रिभोजसमेत तय गरेको थियो । सर्वदलीय बैठक बसेर यी सबै कार्यक्रम बनाइएको थियो ।
बुधबार दिउ“सो १ः०५ बजे उनको फ्लाइट थियो । तर, उड्नु दुई घन्टाअघि मात्र भ्रमण रद्द भयो । उनका साथमा श्रीमती सीता, छोरा प्रकाश र स्वकिय सचिव पनि जाँदै थिए । अस्ट्रेलियाको न्यु साउथ वेल्समा शनिबारदेखि सुरु हुने भनिएको जनप्रगतिशील मञ्चको महाधिवेशन उद्घाटन र सम्बोधन गर्न दाहाल त्यसतर्फ जान थालेका थिए ।

दाहालविरुद्घ नेपालमा युद्घ अपराधको मुद्दा चलिरहेको र माओवादी द्वन्द्वको नेतृत्वकर्ता भएको उल्लेख गर्दै उजुरी परेपछि अस्ट्रेलिया भ्रमण स्थगित

‘भ्रमण स्थगित हुनुमा दुईवटा कारण देखाइएको छ, ‘नेपालको तरल राजनीति र यहा“को न्यु साउथ वेल्स प्रिमियरमा उनीविरुद्घ परेको उजुरी ।’ न्यु साउथ वेल्समा रहेका पत्रकार हेमन्त काफ्लेले नागरिकस“ग भने, ‘मुख्य कारण के हो भन्नसक्ने अवस्था छैन । उजुरीले गर्दा पनि उनी नआएको हुनसक्ने आशंका व्यक्त भइरहेको छ ।’

दाहालविरुद्घ नेपालमा युद्घ अपराधको मुद्दा चलिरहेको र माओवादी द्वन्द्वको नेतृत्वकर्ता भएको उल्लेख गर्दै नेपाली मूलका अस्ट्रेलियन नागरिकले प्रिमियर प्रमुख माइक बेयर्डसमक्ष उजुरी हालेका थिए । प्रिमियर कार्यालयले उजुरीले चासो उत्पन्न गरेको उल्लेख गर्दै उक्त उजुरी न्यु साउथ वेल्सको प्रहरी र प्रिमियर उपप्रमुख ट्रोय ग्रान्टलाई सोमबार पठाइदिएको छ ।  

दाहालविरुद्घ परेको उजुरीमा १५ हजार मानिस मारेको, युद्घको नेतृत्व लिएको, डेढ लाख मानिसलाई घरबारविहीन बनाएको र विश्वका विभिन्न अदालतमा ३७ भन्दा बढी मुद्दा चलिरहेको व्यक्तिको अस्ट्रेलिया भ्रमण औचित्यपूर्ण होला त भनेर प्रश्न गरिएको छ । उक्त उजुरी अस्ट्रेलियास्थित एमएनटिभीले सार्वजनिक गरेको थियो ।

पत्रकार काफ्लेका अनुसार भ्रमणको सम्पूर्ण तयारी पूरा भएको थियो । ‘उनका लागि मोबाइलको सिमसमेत किनिएको थियो,’ उनले भने, ‘रेल र ट्राम चढाएर सहर घुमाउने र रात्रिभोज दिने कार्यक्रम पनि तय भएको थियो ।’

काफ्लेका अनुसार अस्ट्रेलयामा माओवादीले राजनीतिक तरलताले गर्दा भ्रमण स्थगित भएको जानकारी दिएको छ । ‘फ्लाइट समयको दुई घन्टाअघि मात्र भ्रमण स्थगित हु“दा सबै आश्चर्यमा छन्,’ उनले भने । उनका अनुसार नामसहितको उजुरी परे पनि प्रिमियरले नाम गोप्य राखेर उजुरी सार्वजनिक गरेको छ । प्रिमियरले उक्त उजुरी सम्बन्धित सबै निकायलाई पठाइसकेको जानकारी सरोकारवालालाई समेत दिएको छ । ‘उजुरीकर्ताको नाम बिहीबारसम्म पनि गोप्य राखिएको छ,’ उनले भने । उनको भ्रमणविरुद्घ सामाजिक सञ्जाल प्रयोगकर्तासमेत लागेका थिए । ‘फेसबुक प्रयोगकर्ताले पनि कालोझन्डा देखाउने योजना बनाइरहेका थिए,’ काफ्लेले भने ।  

दाहालका स्वकिय सचिव जोगबहादुर महराले भने बुधबार राजनीतिक छलफल र पार्टी व्यवस्थापनका कारण भ्रमण स्थगित भएको जानकारी दिएका थिए । ‘हामीले हेर्दा त्यहा“ त्यति ठूलो राजनीतिक तरलता त देख्दैनौं तर पनि भ्रमण स्थगित भयो,’ काफ्ले भन्छन् ।

अस्ट्रेलियाका लागि भ्रमण तय भएको दिन बुधबार बिहानै दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटमा राजनीतिक छलफल भएको प्रतिक्रिया उनको पार्टीले दिएको थियो ।

 

प्रकाशित: १० असार २०७३ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App