७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘बालुवाटार पसेको दिनदेखि प्रत्येक प्रधानमन्त्रीको चाहना : भारत र चीनको भ्रमण गरिहाल्ने’

रमेशनाथ पाण्डे विगत ६३ वर्षदेखि शासक–शक्तिमाझ निरन्तर सक्रिय छन्। व्यवस्था अनेक बदलिए, नेतृत्व अनेक आए–गए, तर उनी सबै व्यवस्था र सबै पार्टी–नेताबीच चिनिएकै छन् । परराष्ट्र मन्त्री, सञ्चारमन्त्रीसमेत भएका उनी ‘कूटनीति र राजनीति’ किताबपछि अब ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा ल्याउँदै छन्। विशेषतः उनका समकालीन, सहकर्मी समीक्षकहरूले उनलाई बढ्तै आत्मकेन्द्रित भएको लेखे–बोलेका छन्। तर, उनी यस्ता विषयमा बोल्न चाहेनन्। कूटनीतिमा पकड राख्ने पाण्डेसित नेपालको बदलिँदो अन्तर्राष्ट्रिय सम्बन्ध, उनको नयाँ किताब तथा उनको जवानी–कहानीबारे नागरिककर्मी विमल आचार्यको संवाद :

हिजो पनि अबेर नै सुत्नुभयो?
हिजो साढे दुई बजे सुतेँ । मेरो धेरैजसो लेखपढ राति नै हुन्छ। राति फोन आउँदैन, भेटघाट पनि गर्नुपर्दैन, डिस्टर्ब हुँदैन । यो मेरो पुरानै बानी हो।

कति बेला उठ्नुभयो त? यो उमेरमा आराम चाहिने होइन? बडा तन्दुरुस्त देखिनुहुन्छ...
आज बिहान ७ बजे उठेँ। मलाई सन्तोष छ। पाठकहरूबाट प्रशंसा पाउँछु । मान्छेले जीवनमा खोज्ने भनेको नै सन्तोष हो। सन्तोष भनेको प्रशंसाबाटै आउने हो। मेरो किताब कूटनीति र राजनीतिले नेपालको किताब बजारमा नयाँ रेकर्ड बनायो । छ महिनामै दोस्रो संस्करण आयो। अहिले छैटौँ संस्करण छापिँदै छ।

गजबै भएछ त...
देशका विभिन्न भागमा अन्तक्र्रिया भए । विशेषतः युवाहरूले जसरी ग्रहण गरे, मेराबारेमा स्नेहपूर्वक प्रतिक्रिया दिए, मलाई त्यसले उत्साह बढाएको छ। प्रशंसाले मलाई खुसी बनाएको छ । पिर पनि थपेको छ।

कस्तो पिर?
के अब आउँदै गरेको मेरो नयाँ पुस्तकले पनि त्यस्तै माया पाउला!

यहाँका समकालीन साथी र समीक्षकहरूका प्रतिक्रियालाई कसरी ध्यान दिनुभयो?
हो, मैले सबैको पढेँ।

इतिहास् चाहिँ उहाँहरूले लेख्नुहुन्न। इतिहास निर्दयी हुन्छ। इतिहासकाे डर मान्नुपर्छ। इतिहासले मूल्यांकन गर्दा अहिलेका हाम्रा नेताहरूलार्इ राख्ने छैन।

आलोचनात्मक छैनन् ती?
त्यस्तो मात्रै छैन । एउटा कुरा मैले सुन्या छु। आफ्नै बारेमा कुरा बढी भयो भन्ने छ। किताब नै मेरो हो, जसको बारेमा लेखिएको छ, जसले लेखेको छ, उसका बारेमा त अलि बढी नै त हुन्छ नि।

तर, यहाँका समकालीन साथी, सहकर्मीहरू यहाँबारे सकारात्मकभन्दा नकारात्मक नै बढी पाएँ...
अरूको टिप्पणीमा मैले भन्ने कुरा, उसको अनुभव हो, आफ्नो कुरा बढी भएन भने त त्यसको प्रामाणिकता हुँदैन। नकारात्मकतातिर किन जाने, अरू कुरा पनि गरौँ न।

यहाँको दिनचर्या के छ?
किताबको तयारी गर्दैछु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रतिष्ठानमा म लेक्चर दिइरहन्छु । उनीहरूले गर्ने प्रश्न, जिज्ञासाबाट युवाहरूमा ज्ञान बढेको पाएको छु।

यहाँ त सानै उमेरदेखि देशदेशावरका शासकहरूसित सक्रिय देखिनुभयो, कसरी त्यस्तो हुनुभयो?
खै, म आफैँलाई थाहा छैन। त्यो सब समय नै होला। नियतिलाई जस दिनेबाहेक अरू कुरा छैन। त्यो समाज अहिलेको समाजसित पटक्कै मिल्दैन। काठमाडौँबाहिर चेतना खास केही थिएन। यहाँ पनि लेखपढ गर्ने पनि धेरै थिएनन्। १३ वर्षको मान्छे अहिले एक्लै बाहिर पनि निस्किन गाह्रो छ। म त १३ वर्षमा दैनिक अखबारको सम्पादक भइसकेको थिएँ। एसएलसी पास गरिसक्या थिएँ।

अचम्मै हो ...
समाजमा केही गरौँ भन्ने भावना जागृत हुँदा बाल्यकालमै म समाजमा स्थापित भइसकेको थिएँ। हिन्दुस्तान र चीनका प्रधानमन्त्रीलाई भेटिसकेको थिएँ। जवाहरलाल नेहरूसित दिल्लीमा कुरा भइसकेको थियो। उनका समकालीन जयप्रकाश नारायणसँग मेरो व्यक्तिगत निकटता स्थापित भइसकेको थियो।

छिमेकी देशबाहेक अन्य देशका राष्ट्राध्यक्षहरू प्रधानमन्त्रीहरूले नेपाल भ्रमण नगरेकाे दुर्इ दशकभन्दा बढी भइसक्याे। हाम्राे राष्ट्राध्यक्ष, प्रधानमन्त्रीहरूलार्इ निम्ता नअाएकाे पनि दुर्इ दशकभन्दा बढी भइसक्याे। हामी एक्लाे छाैं।

हगि, त्यति बेलादेखि अहिलेका नेताहरूसमेत यहाँबाट सल्लाह–लाभ लिन आउनुहुन्छ, के छ यहाँसँग?
खै, यो त कसरी भनूँ, (हाँस्दै) सायद उहाँहरूलाई मेरो अनुहार मन परेर होला। (एकछिन रोकिएर) सबैसँग, सबै पार्टीसँग मेरो राम्रो मित्रता छ। दुई हप्ताअघि राजपाका नेताहरू महन्त ठाकुर, राजेन्द्र महतोहरूले वानेश्वरमा मलाई बोल्न बोलाउनुभएको थियो। त्यस्तो भइरहन्छ। यस्तो व्यक्तिगत विषयमा भन्दा मूल विषयमा कुरा गरौँ न।

कूटनीतिक विषयमै मात्र यहाँ बोल्न खोजिरहनुभएको थियो। कुरा कहाँबाट सुरु गरौँ होला?
कुरा कहाँबाट सुरु गरौँ भने दोस्रो विश्व युद्धकालीन बेलायती प्रधानमन्त्री विन्स्टन रर्रिल एउटा सफल प्रधानमन्त्री मात्र हैन, एउटा ठूलो लेखक पनि हुनुहुन्थ्यो। उहाँले जीवनमा तीन करोडभन्दा बढी शब्द लेख्नुभयो। उहाँका धेरै किताबहरू अहिले पनि लोकप्रिय छन्। उहाँका भनाइहरू अहिले पनि बरोबर क्वोट (उद्धृत) भइरहन्छन्। उहाँ के भन्नुहुन्थ्यो भने, इतिहास मप्रति दयालु हुन्छ, किनभने त्यो इतिहास म आफैँ लेख्छु।

अनि...
हाम्रा नेताहरू राहिँ कोटको अगाडिपट्टि खल्तीमा कलम भिरेर हिँड्नुहुन्छ, कलम महँगो पनि हुन्छ, उहाँहरूको। तर, भिरेर हिँड्नेबाहेक त्यो कलम प्रयोग गर्नुहुन्न। उहाँहरूले दिने सार्वजनिक बयानहरूमा त्यो स्तर हुँदैन। उहाँहरूले लेख, किताब लेख्ने त हामीकहाँ कुनै गुन्जायसै देखिँदैन। इतिहास चाहिँ उहाँहरूले लेख्नुहुन्न। इतिहास निर्दयी हुन्छ। इतिहासको डर मान्नुपर्छ। इतिहासले मूल्यांकन गर्दा अहिलेका हाम्रा नेताहरूलाई दया राख्नेछैन। सबै नेपालीले भोगेका समस्या, वर्तमान र भविष्यका जोखिमहरूको कारण यही हो।

अनि यो सुध्रिँदै छ कि बिग्रिँदै छ त?
पूर्णतया दुईवटा कोणमा देश विभाजित भाछ। एउटा आम जनता, अर्काे नेतृत्वमा बस्नेहरू। नेतृत्वमा हुनेहरूले आफूलाई विशेष वर्गको ठान्या छन् । सारा अधिकार उनीहरूले, उनीहरूकै मुठीभित्र, उनीहरूले भनेको सबले मान्नुपर्ने । उनीहरूका राहना, आकांक्षामा देशले मूल्य चुकाउनुपर्ने । उहाँ र आम जनताबीरको सम्बन्ध टुटेको छ।

म धेरै देश घुमेको छु । सत्तामा भएका–नभएका धेरै सर्वाेरर नेताहरूलाई भेटेको छु। कहीँ नभएको कुरा नेपालमा हुन्छ । यहाँ एकपटक सत्तामा पुगेपछि त्यो प्रधानमन्त्री, मन्त्री, सभामुख, प्रधानन्यायाधीशलाई आजीवन सशस्त्र सुरक्षा घेरामा राख्नुपर्छ। किन त्यति अलोकप्रिय भएको? किन त्यति उहाँहरूको ज्यान जोखिममा परेको? जसलाई बराउनको निम्ति राज्यले त्यत्रो खर्र गर्नुपर्छ? उहाँहरू जनताबाट टाढिएर जानुभएको छ।

यो सरकारले केही गर्ला नि त...
जनताले पहिलो आमनिर्वारनदेखि हरेक पटक सामूहिक विवेकपूर्ण निर्णय गरेकै छन्। जनता अप्रसन्न हुन्छन्, अर्काेलाई जिताउँछन्। जनताले परीक्षण गरिरहेका छन्।

अहिले यत्रो मत दिएर पूर्ण बहुमत दिएर पठाए। जनताले सामूहिक विवेकबाट एउटा शक्तिशाली गणितको सिर्जना गरिदिए तर उहाँहरूले यसलाई सम्मान गर्न सक्नुभएन। छ महिना बितिसक्यो, यत्रो शक्तिशाली सरकार भएको अनुभव नै भएन।

परराष्ट्र मामिलामा केही गज्जब त हुँदै छ कि?
यसलाई दुई भागमा कुरा गरौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र सोझै छिमेकीसितको सम्बन्ध।

बालुवाटार पसेको दिनदेखि नै प्रत्येक प्रधानमन्त्रीको मनमा एउटै मात्र राहना हुन्छ, भारत र चीनको भ्रमण गरिहाल्ने । यही राहनाले नै प्राथमिकता पाउँछ । त्यसपछि उहाँहरू भ्रमणमा जानुहुन्छ । त्यहाँ भिजिट (भ्रमण) गरिसकेपछिको परिणाम के हुन्छ? विगतका समझदारी, विश्वासलाई छिटो कार्यान्वयन गर्ने भन्ने निर्णय हुन्छ। त्यो निर्णय लिएर उहाँहरू फर्किनुहुन्छ र भन्नुहुन्छ, दुई देशको सम्बन्ध नयाँ उराइमा पुग्यो । र, यो क्रम प्रत्येक प्रधामन्त्रीले दोहो-याइरहनुभएको छ । र, दुई पक्षीय सम्बन्धमा संसारभरि के हुन्छ भने उररस्तरबाट निर्णय भएपछि त्यो कार्यान्वयनमा जान्छ, उररस्तरमा समझदारी भएपछि त्यो व्यवहारका उत्रिनुपर्छ । हामीकहाँ मेकानिजम निष्क्रिय भएर बस्छ।

अहिले हाम्रा दुई छिमेकीसित के छ त कुरो?
भारत र चीनको सम्बन्धलाई तीन दशकअघि जे बुझेका थियौँ, त्यही सेरोफेरोमा घुमिरहेका छौँ, उनीहरूको सम्बन्धमा भएको परिवर्तनलाई वास्ता गरेका छैनौँ। हाम्रो हेराइ र बुझाइमा त्रुटि छ। हामीले साह्रै सतर्कतापूर्वक नीति निर्धारण गर्नुपर्छ। आमसभामा बोल्ने जसरी हामी बोल्छौँ, विदेशी फोरममा। यसले हाम्रो पत्यार घटेको छ।

पत्यार एकाएक घट्यो कि?
अहिले भारत र रीन दुवैसँगको नेपाल सम्बन्धमा पत्यारको कमी छ। दुर्भाग्यवश नेपाल एक्लिएर गएको छ। छिमेकी देशबाहेक अन्य देशका राष्ट्राध्यक्षहरू, प्रधानमन्त्रीहरूले नेपाल भ्रमण नगरेको दुई दशकभन्दा बढी भइसक्यो । हाम्रा राष्ट्राध्यक्ष, प्रधानमन्त्रीहरूलाई निम्ता नआएको पनि दुई दशकभन्दा बढी भइसक्यो। हामी एक्लो छौँ।

२००७ सालको नायक बीपी कोइराला। तर, उहाँ प्रथम नागरिक प्रधानमन्त्री टिक्न पाउनुभएन ।

त्यही त किन यस्तो भयो?
सन् १८८६ मा राजा वीरेन्द्र संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणबाट फर्किंदा टोकियोमा दुई दिनको ट्रान्जिट थियो। म उहाँसितै थिएँ। राजालाई टोकियोमा स्वागत गर्नलाई जापानका सम्राट् स्वयं बस्नुभएको थियो। अब हाम्रा राष्ट्रपति डा. रामवरण यादव उपरारका लागि अपर्झट टोकियो पुग्नुभयो। त्यस्तो बिरामी परेर गएका हाम्रा राष्ट्रपतिलाई प्रोटोकलले पनि वास्ता गरेन।

पछिल्लो महिनाकै कुरा गर्नुस्। २०७२ मा गएको भुइँरालोमा भूकम्पपीडितहरूका लागि व्यक्तिगत रूपमा सरिक भएर राहत कार्यक्रममा शारीरिक उपस्थिति जनाउने दक्षिण कोरियाका राष्ट्रपति भारतको भ्रमणमा आउनुभयो तर नेपाल पस्नुभएन। बुझ्नुपर्छ, हाम्रो सम्बन्ध सञ्चालनमा अल्लारेपन बढेको छ।

हाम्रा राजदूतले बेलायतकी महारानीलाई २०१० मा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा तपाईंको प्रधानमन्त्री आजसम्म नेपाल आएका छैनन् भनेर कम्प्लेन गरे  शासन व्यवस्थामा महारानीका के भूमिका छ भन्ने पनि हाम्रा राजदूतलाई ख्याल भएन । हाम्रो अवस्था यही हो।

अन्तर्राष्ट्रिय मञ्चहरूमा हामी कसरी मञ्रस्थ छौँ, के मञ्चन गरिरहेछौँ? (भोलि गाईजात्रा पनि हो)
सबभन्दा रिन्ता लाग्ने कुरा यही छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा रेकर्ड भोट लिएर जितेको नेपाल सुरक्षा परिषद्को सदस्यमा पराजित मात्र भएको हैन, त्यो पराजयबाट सिक्ने प्रयार नगरेको हुनाले महासभाको अध्यक्ष पदमा पनि नराम्रोसँग हा-यौँ। किन हा-यौँ भनेर समीक्षा पनि कहिल्यै गरेनौँ।

अन्तर्राष्ट्रिय सम्बन्धमा हाम्रो प्रवृत्ति कस्तो छ भने हामी हन्डर खाएर पनि सिक्दैनम्, त्रुटिहरू दोहो-याइरहन्छौँ। नेपालका संवेदनशील पक्षमा भइरहेको नोक्सानीको हेक्का राख्दैनौँ। यसको परिणाम यहाँ आएको छ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) बारे बोल्नुछ भन्दै हुनुहुन्थ्यो, ल अब सुरु गर्नुहोस् ।
सन् १९५० को सन्धि दुवै देशको घाँटीमा अड्केको छ। यो सन्धि भएको एक वर्षपछि नै भारतका तत्कालीन प्रधानमन्त्री नेहरूले आफ्नो परराष्ट्र सरिवलाई नेपालले राह्यो भने समयानकूल बनाउन काम सुरु गर भनेर लिखित आदेश दिएको रेकर्ड छ। समयानकूल बनाउने भन्ने कुरामा विवाद रहेन । नेपालमा कुनै पनि राजनीतिक दलले त्यसलाई स्वीकार गरेको छैन । पछि दुई देशका परराष्ट्र मन्त्रीको स्तरबाट दुई देशका परराष्ट्र सरिवलाई जिम्मा दिइयो। नेपालका सरिव कुमार ज्ञवाली र भारतका सरिव सलमान हैदरबीर दुई राउन्ड वार्ता पनि भयो।

यो हुँदाहुँदै बाबुराम नेतृत्वको सरकारले एउटा ठूलो गल्ती ग-यो । यो निर्णय ठूलो त्रुटिपूर्ण भयो । किनभने सचिव भनेको आधिकारिक संस्था हो, यो व्यक्ति होइन । यो संस्थाको निरन्तरता हुन्छ । यसलाई विगत, वर्तमानका सबै पक्ष थाहा हुन्छ । त्यहाँबाट झिकेर व्यक्तिहरूको समूहमा दिइयो, जुन व्यक्तिहरू आधिकारिक होइनन्।

आधिकारिक...
उनीहरू दुई देशका पदमा नभएका मान्छे त आधिकारिक हैनन् नि । पदमा नभएको मान्छे आधिकारिक हुँदैन । उसले सुनेको मात्र त होला नि।

बाबुराम भट्टराईले गरेको गल्ती भन्नाले?
२०४४ साल चैतमा नेपालको क्याबिनेटले १९५० को सन्धिबारे गरेको गरेको निर्णयलाई उल्लंघन हुने गरी यो ग्रुप बनाइयो। म यसबारे धेरै कुरा गर्न सक्दिनँ। किनभने मलाई पदीय गोपनीयताको बन्धन छ । तर सरकारले यो समूह बनाउने निर्णय गर्ने बेलामा त्यो क्याबिनेटले के निर्णय गरेको थियो भनेर हेर्नु आवश्यक थियो । बाबुराम सरकारले निर्णय ग-यो, केपी ओलीको पछिल्लो सरकारले त्यसलाई कार्यान्वयन ग-यो । दुवै सरकारबाट ट्याक्टिकल मिस्टेक भएको छ। इतिहासले लामो समयसम्म प्रश्न गरिरहनेछ, उहाँहरूलाई।

उसो भए इपिजीको कामै थिएन?
यो टिमले अध्ययन ग-यो रे । रिपोर्ट तयार ग-यो रे । र, भारतका प्रधानमन्त्रीसित समय मागेको छ रे । उनले समय दिएका छैनन् रे । रिपोर्ट पेस गर्न सकेको छैन रे । यो मैले किन रे रे भनेको हुँ भने मैले यो अखबारमा पढेको हुँ । मूल कुरा के हो भने यो रिपोर्ट लिन भारतीय प्रधानमन्त्रीमा रुरि देखिएन । भारतमा आमचुनाव प्रारम्भ भइसक्या छ । चुनावी गठबन्धनको प्रक्रिया सुरु भएको छ । यस्तो बेला उनले रिपोर्ट लिन्छन् र कार्यान्वयन गर्छन् भन्ने कसैले सोरेको छ भने त्यसलाई राजनीतिक असजिलोपनसँग अनभिज्ञ भनेर बुझ्नुपर्छ । ध्यान रुनावमा गएको बेला नयाँ इनिसिएटिभको आशा गर्नु हुँदैन।

खै के खै के?
भारत र रीन बीचकै सम्बन्धमा आधारभूत परिवर्तन भइराख्या छ। हाम्रो तीन दशक पुरानो हेराइ सच्याउनु आवश्यक छ। यहाँ सरकारमा बसेका प्रमुख दलका नेताले भारत र चीनबीरको सम्बन्धको स्वभाव, सोर, कनोटेसन, सामरिक साझेदारीतिर गइरहेको कुरालाई उपेक्षा गरेका छन् । यो उपेक्षा नेपालका लाग घातक हुन्छ।

प्रचण्डजीले गोआमा जाँदा ढुंगा खोज्दा देवता पाएँ भन्नुभएको थियो। न ढुंगा देखियो, न देउता देखियो। भारत र चीन बीरमा भाइब्रेन्ट पुल बन्ने जस्ता ठूल्ठूला कुरा ग-यौँ, त्रिदेशीय साझेदारीजस्ता बतासे कुरा ग-यौँ, बतासे कुरा गर्न थालेको पनि एक दशक हुन थालिसक्यो। हाम्रा नेताहरूले के बुझ्नुभएन भने त्यो बतासे फुलले रल्ला पार्दैन।

भारत र चीन मिल्दै गए पनि अथवा नमिल्दै गए पनि, दुवै अवस्थामा हामीलाई घाटा छ भन्न खोज्नुभएको?
भारतका प्रम र चीनका राष्ट्रपतिबीर गएको चार वर्षमा रौध पटकभन्दा बढी भेट भइसक्या छ। उनीहरू गएको चार महिनामा छ पटक भेटिसक्या छन्। तिनीहरूको बीरमा यस्ता बतासे कुराहरू गरेर हामीले आफैँलाई हलुका साबित गरिरहेका छौँ। यथार्थ कुरा के हो भने भारत र चीनको बीरमा अत्यन्तै सौहार्दपूर्ण सम्बन्ध विकसित भयो भने, दुईवटाको सम्बन्धले हनिमुनको स्टेज ल्यायो भने नेपालले लिपुलेक गुमाउँछ। केही गरी दुई देशबीर तनाव, युद्धको स्थिति आयो भने पनि नेपाल अत्यन्त तातो आगोको ज्वाला बीचको नगिर पुग्छ। नेपालमा (औँला गनेर) पाँचजना प्रधामन्त्री भइसके, लिपुलेकको घटनापछि। तर नेपालको भौगोलिक अखण्डता जोगाउन पाँरैै प्रधानमन्त्री सफल भएनन् । लिपुलेक त्यस्तो उदाहरण हो, जसले हाम्रा पाँचवटै प्रधानमन्त्रीको ल्याकत नेपाली जनता र विश्वमाझ उदांगो बनाइसकेको छ।

सुधार्न गर्ने कसरी होला त?
पहिलो कुरा त, पछिल्लो आमरनावलाई उपयोग गर्ने अवसर सदुपयोग गरेनौँ । विगतका कमीकमजोरी नदोहो-याउने, त्रुटिपूर्ण मानसकितालाई बिदा गरेर नयाँ प्रारम्भ गर्ने प्रस्थानस्थल अर्थात् विन्दु बनाउनुपथ्र्यो, चुनावको परिणामलाई । देशका महत्वपूर्ण पदमा राजनीति, प्रशासन, कूटनीति, आर्थिक, सामरिक मामिलाहरूमा पढेलेखेका युवा प्रतिभाहरूलाई अगाडि ल्याउने। अहिले पनि मेरै मान्छे चाहिने? सधैँ नै प्रयोग गरेर बस्ने, प्रयोगशाला नै बनाउने?

मेरै मान्छेको कुरा गर्नुभयो, आफू परराष्ट्रमन्त्री हुँदाखेरि यहाँका सुपुत्र निश्रलनाथ पाण्डेलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको प्रमुख बनाउनुभयो भन्ने छ?
म यसबारे बोल्न चाहँदिनथेँ। यो कुरा गरेर केही फाइदै छैन। म परराष्ट्रमन्त्री हुनुभन्दा पनि धेरै अगाडि गिरिजाप्रसाद कोइरालाले त्यो प्रतिष्ठान गठन गर्नुभयो। त्यो प्रतिष्ठानको नम्बर थ्री थर्ड पर्सनमा ऊ भयो । पछि प्रमोसन पाएर ऊ सेकेन्ड म्यान भयो। फस्ट म्यान रिटायर्ड भएपछि ऊ एक्टिङ फस्ट म्यान भयो। एक्टिङ फस्ट म्यान भएर बेसेको बेलामा, ६/८ कति महिना भइसकेको थियो, म आएँ र उसलाई कन्फर्म गरियो। उसलाई कम्फर्म मन्त्री स्तरबाट गरिएको हैन, क्याबिनेटबाट भएको हो। उसलाई त्यहाँबाट हटाएपछि सिंगापुर विश्वविद्यालयले लग्यो। त्यहाँ बसेर काम ग-यो उसले। उसका किताब त्यो विश्वविद्यालयले प्रकाशित ग-यो। अब यसलाई योग्य, अयोग्य, कसले भर्ना ग-यो, के भन्ने?

(अलि बेर रोकिएर) व्यक्तिगत कुरा गर्दै नगर्नुस्। बेकारको कुरा हो यो। यसले यहाँको होल इन्टरभ्युलाई हल्का बनाउँछ। यस्ता कुरामा माथापरिरसी गर्नुभयो भने ठूल्ठूलो कुरामा कहिले जानुहुन्छ?

संस्था बलियो बनाउने कुरा गर्नुभयो, आफू परराष्ट्रमन्त्री हुँदाखेरि संस्था बलियो बनाउन के के गर्नुभयो? यहाँले कागजात घरमा ल्याउनुभयो भन्ने आरोप छ।
सरकार–सत्ता परिवर्तन भएका बेला विभिन्न आरोप लाग्छ। पासपोर्ट बुझाएन भन्ने पनि हल्ला फिँजाइयो । मन्त्रालयको कागजपत्र मन्त्रीलाई थाहा हुँदैन । अहिलेको फरेन मिनिस्टरलाई यो कागज कहाँ छ भनेर सोध्नुस्, थाहा हुँदैन । मन्त्रालयको कागज मन्त्रीसित हुँदैन।

कसरी हल्ला फिँजियो त?
हैन, सत्ता परिवर्तन भएका बेला त्यसमाथि अनेक आरोप लाग्छन्। पासपोर्ट फिर्ता नगरेको, अकूत सम्पत्ति कमाएको आरोप पनि लागे । ती सब मिथ्या आरोप थिए।

शाही शासनकालमा परराष्ट्रमन्त्री हुँदा जेनेभामा मानवअधिकार देशअनुसार हुन्छ भनेर बोल्नुभयो, मानवअधिकारको विश्वव्यापी घोषणापत्र छ, यो देशव्यापी पनि हुन्छ र?
अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्रीले बोल्ने भनेको लिखित रूपमा हो । लिखत हेर्नुप-यो । लिखित भाषण सरकारको रेकर्डमा राख्या हुन्छ । एक्स्टेम्पर बोल्दैन ऊ । त्यहाँ मसित मेरा सहायक भएर गएका आर्मीबाट गएको मान्छे प्रधानसेनापतिको क्यान्डिडेट छ अहिले, पुलिसबाट गएको मान्छे अहिले गृहमन्त्रीको क्यान्डिडेट छ, पार्लियामेन्टमा इलेक्टेड मेम्बर छ ऊ । यस्तो कुरामा कसैलाई सिरियस्ली रिसर्र गर्न मन लाग्यो भने उसले मन्त्रालयमा जान्छ, त्यो हेर्छ, के रहेछ, थाहा भइहाल्छ।

हुन त यहाँले व्यक्तिगत प्रश्न नगर्नुस् भन्नुभएको छ, नगर्नुस् भनेपछि झन् गर्न मन लाग्दो रहेछ। यहाँको पत्रिका ‘नयाँ सन्देश’ बन्द भएपछि तबेलामा बसिरहेको मान्छेले एकाएक ठूलो महल बनाउनुभयो भन्ने लेखिएको पाइयो।
दुर्गा बराल वात्स्यायनजीको मैले पढेको छु । यो विषयमा म कुरै गर्न चाहन्नँ । अमेरिकामा म पत्रकार भएर एक महिनाको भिजिटमा गएको हुँ। एक महिनामा हजारप्रति पनि हुँदैन, लखपति हुने कुरा पनि भएन । उहाँलाई कसरी त्यो इम्प्रेसन प-यो, त्यो मलाई थाहा छैन । उहाँलाई म त्यो तहको जवाफ दिन्नँ । उहाँलाई कहाँकहाँ लगेँ, केके रिनाएँ भन्न राहन्नँ अहिले।

यहाँका साथी सहकर्मीहरू किन यहाँप्रति नेगेटिभ भएको होलान् है?
लेग पुलिङ (खुट्टा तान्ने) पनि हुन्छ। म सानो उमेरमै समाजमा रिनिएको हुनाले पनि यस्तो हुन्छ । अहिले म गोष्ठी, प्रशिक्षणहरूमा जान्छु त्यहाँ म मेरा समकालीनहरू कोही पनि पाउँदिनँ। विभिन्न राजदूत, नेताहरू आइरहनुहुन्छ। कुरै हुँदैन उहाँहरूको बारेमा।

अँ, अघि कूटनीति सुधारका कुरा भइरहेको थियो नि?
भागबन्डा धेरै भयो। पद किनबेर हुने, परिणाम के भयो भने सबै संस्थाहरू कमजोर। सरकार छिटोछिटो अदलबदल हुने देशमा पनि सबै संस्था संस्थागत रूपमा विकास भएर गएका हुन्छन्।

नयाँ किताब कस्तो आउँदै छ यहाँको?
किताबको नाम ‘क्रान्ति र प्रतिक्रान्ति’ छ। दुई मुख्य भाग छ।

क्रान्ति र प्रतिक्रान्तिले के संकेत गर्न खोज्नुभएको हो?
सही अर्थको क्रान्ति २००७ सालमा मात्र भयो । त्यसपछि सही अर्थको क्रान्ति भएको छैन । तर, हामीले छ वटा संविधान, सारा संसारभरका रुनाव पद्धति, व्यवस्था ल्याइसक्दा पनि स्थायित्व आएको छैन । हामी कहिलेसम्म प्रयोगशालामा कहिलेसम्म बस्ने ? आफ्नो चाहना, आवश्यकताको व्यवस्था कहिले हुने ? क्रान्ति र प्रतिक्रान्तिको जाँतोमा पिसिँदै गरेको नेपालको सही निकास के हो त ? यसको विश्लेषण किताबमा छ। क्रान्तिका सम्बन्धमा, धर्मका सम्बन्धमा, राष्ट्रियताका सम्बन्धमा बिपीको विरार के हो त ? उहाँले लिखित रूपमा लेख्नुभएको छैन । भाषण तत्कालीन सन्दर्भमा छन् । तिनलाई रिन्तनको निरोड भन्न सकिन्न । उहाँको निरोड के हो त भन्दा उहाँले सुन्दरीजेलमा बस्दा मलाई लेख्ने गरेका हस्तलिखित पत्रहरू । जसमा उहाँ र मेरो बीरमा धेरै बहस हुन्थ्यो । त्यसको जवाफ उहाँ दिनुहुन्थ्यो । ती हस्तलिखित रिठी आउँदै गरेको पुस्तकमा संलग्न हुन्छन् । जेलमा बस्दा उहाँले लेख्ने गरेको कलम कहाँ छ?

कहाँ छ?
जवाफ दिइनँ मैले यहाँलाई, प्रश्न दिएँ  मेलमिलापको कुरा उहाँलाई सबभन्दा पहिले भन्ने मान्छे को हो?

को हो?
यस्ता प्रश्नको आधिकारिक र पत्यारिलो जवाफविना उहाँबारेको अध्ययन पूरा हुँदैन  यिनको जवाफ बीपीले लेख्नुभएको अक्षरबाटै प्रस्ट हुनेछ।

२०४६, २०६२/६३, २०६५(गणतन्त्र), २०७२ (संविधान) पनि के प्रतिक्रान्ति हो त?
यसका लागि बिताब पर्खिनुस् । क्रान्तिको नियम के हो भने, प्रत्येक क्रान्तिले प्रतिक्रािन्त जन्माउँछ । प्रतिक्रान्तिले क्रान्तिको नायक खान्छ । २००७ सालको नायक बीपी कोइराला। तर, उहाँ प्रथम नागरिक प्रधानमन्त्री टिक्न पाउनुभएन । ०४६ को नायक गणेशमान सिंह । तर, उहाँ आफैँले स्थापना गरेको पार्टीबाटै रोएर निस्कनुप-यो। ०६२—६३ को नायक गिरिजाप्रसाद कोइराला राष्ट्रपति हुन पाउनु भएन, उहाँको अन्त्य त्यस्तो अवस्थामा भयो।

प्ररण्डको कुरै गर्नुभएन त?
उहाँको पार्टी नै विलीन भइसक्यो । एमालेमै गएर समाहित भएपछि १० वर्षको युद्ध अकारण गरेको पुष्टि भएन?

प्रकाशित: १० भाद्र २०७५ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App