coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रामसेलाई खेलमा केन्द्रित हुन सुझाव

रामसे र प्रशिक्षक इमिरे

लन्डन – आर्सनलका प्रशिक्षक युनेइ इमिरेले मिडफिल्डर एरोन रामसेलाई क्लबसँगको सम्झौतामा भन्दा पनि आफ्नो लयअनुसारको प्रदर्शन गर्न केन्द्रित हुन आग्रह गरेका छन्।

रामसेको इमिरेट्ससँगको सम्झौता जनवरीमा सकिँदै छ । ‘म रामसेले अभ्यासमा र खेलमा ध्यान दिँदै लयअनुसारको प्रदर्शन गरून् ,’ यसै सिजनबाट क्लबको प्रशिक्षण सम्हालेका इमिरेले भने।

तत्कालीन प्रशिक्षक आर्सेन वेंगरले मेमा आर्सनलसँगको २२ वर्षे बसाइमा पूर्णविराम लगाएपछि  इमिरे आर्सनलको नयाँ प्रशिक्षकमा नियुक्त भएका थिए । इमिरेले गत सिजन पेरिस सेन्ट जर्मन (पिएसजी)लाई फ्रेन्च लिग वानको उपाधि जिताएका थिए।

सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीलाई नतिजा सुम्पिँदा पहिलो रोजाइमा स्थान पक्का गरे पनि २७ वर्षे रामसेले चेल्सीविरुद्धको दोस्रो खेलमा भने पहिलो रोजाइमा स्थान बनाउन असफल भएका थिए।

‘रामसे राम्रो प्रदर्शन गर्न भन्दा पनि क्लबसँगको सम्झौतामा बढी केन्द्रित छन्,’ इमिरेले भने, ‘मैले यसबारे गत साता उनीसँग छलफल गरेको थिएँ । उनले उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गर्न आतुर रहेको बताएका थिए।’

गत सिजन पनि आर्सनलका तत्कालीन प्रशिक्षक वेंगरलाई मेसुट ओजिल, एलेक्सिस सान्चेज र ज्याक वेलसेयरजस्ता खेलाडीको सम्झौता नवीकरण टाउको दुखाइको विषय बनेको थियो । अन्ततः वेंगरले सान्चेजलाई म्यानचेस्टर युनाइटेड पठाउँदै युनाइटेडका हेनरिक मिखितारियानलाई इमिरेट्स भित्र्याएका थिए।

केही साताअघि सञ्चारमाध्यमले क्लबले रामसेलाई नयाँ सम्झौताका लागि प्रस्ताव गरे पनि सम्झौता रकममा कुरा नमिलेको उल्लेख गरेका थिए । २००८  मा कार्डिफ सिटीबाट आर्सनल भित्रिएका रामसेले क्लबबाट २ सय ३४ प्रिमियर लिग खेलमा ३६ गोल गरेका छन्।

प्रकाशित: १० भाद्र २०७५ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App