८ वैशाख २०८१ शनिबार
राजनीति

निर्मला हत्या प्रकरण : मृतक परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं– सरकारले कञ्चनपुरकी निर्मला पन्त र सन्नी खुनाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। 

शनिबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बलात्कारपछि हत्या गरिएकी निर्मला र आन्दोलनमा प्रहरीको गोली लागी मारिएका सन्नीको परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँ दिने निर्णय भएको सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 

बैठकले घाइतेहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र अंगभंग भएकालाई उचित आर्थिक सहायता दिने निर्णय पनि गरेको छ।

प्रकाशित: ९ भाद्र २०७५ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App