८ वैशाख २०८१ शनिबार
समाज

कञ्चनपुर घटना : मृतक सन्नीका परिवारलाई आर्थिक सहयोग

महेन्द्रनगर– शुक्रबार साँझ निर्मला पन्त हत्याको विरोध आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका किशोर सन्नी खुनाका परिवारलाई भीमदत्त नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।

१५ बर्षीय सन्नीका परिवारलाई तीन लाख रुपैया भीमदत्त नगरपालिकाले सहयोग गरेको छ। नगर प्रमुख सुरेन्द्र विष्टले शनिबार महाकाली अञ्चल अस्पताल पुगेर सन्नीका बुबा विरबहादुर खुनालाई सहयोग रकम दिने घोषणा गरेका हुन्।

नगर प्रमुख बिष्टले खुनाका परिवारप्रति समवेदना व्यक्त गर्दै नगरपालिका कार्यालयबाट हुने सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। उनले परिवारलाई थप सहयोगकालागि संघीय र केन्द्र सरकारसंग पहल गर्ने बताए। 

‘यो दुःखदायी घट्ना हो। यसले नगरपालिका कार्यालय अत्यन्तै दुःखी भएको छ’, नगर प्रमुख विष्टले भने। मृतक सन्नीका बुबा विरबहादुर नगरपालिकामा कार्यरत छन्। उनी नगरपालिकाका स्थायी कर्मचारी हुन्।

प्रकाशित: ९ भाद्र २०७५ १६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App