coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पूर्वाञ्चल विश्वविद्यालय –काशी हिन्दुबीच भगिनी सम्बन्ध

पियू र काशी हिन्दु विश्वविद्यालयविच भएको सम्झौता अदानप्रदान गर्दै । तस्बिर सौजन्य: पियू

विराटनगर–विराटनगरस्थित मुख्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले भारतको बनारसस्थित काशी हिन्दु विश्वविद्यालयसित भंगिनी सम्बन्ध स्थापित गरेको छ। दुवै विश्वविद्यालयले भदौको  २७ गते मेमोरेन्डम अफ अन्डरस्टैन्डिङ पत्रमा हस्ताक्षर गरेका छन्।

दुवै विश्वविद्यालयबीच भगिनी सम्बन्ध स्थापित भएपछि फैक्ल्टी, विद्यार्थी अदानप्रदान, शैक्षिक अनुसन्धान, पिएचडी प्रोग्राम, सेमिनार र गोष्ठीमा सहभागि हुने अवसर प्राप्त गर्नेछन्। बनारसको काशी हिन्दु विश्वविद्यालयमा नेपालका लाखौं विद्यार्थी अध्ययन गरेका छन्। नेपालका शीर्ष नेताहरुले पनि त्यहीबाट नै शिक्षा आर्जन गरेका हुन्।

पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले भारतको बनारसस्थित काशी हिन्दु विश्वविद्यालयसित भंगिनी सम्बन्ध स्थापित गरेको छ। दुवै विश्वविद्यालयले भदौको  २७ गते मेमोरेन्डम अफ अन्डरस्टैन्डिङ पत्रमा हस्ताक्षर गरेका छन्।

‘काशी हिन्दु विश्वविद्यालयसित भगिनी सम्बन्ध स्थापित हुनु नेपालको लागि गौरवको कुरा हो,’ पियूका उपकुलपति घनश्यामलाल दासले भने, ‘यसले नेपालको शैक्षिक उन्नतिमा मद्दत पुग्नेछ।’ सम्झौता पत्रमा पियूका उपकुलपति दास र काशी हिन्दु विश्वविद्यालयका रजिष्टार केपी उपाध्यायले हस्ताक्षर गरेका हुन्।

 यता, पियूले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका दिवग्त नेता गिरिजाप्रसाद कोइरालाको नाममा मोरङको गोठगाउँमा कृषि क्याम्पस स्थापना गर्ने भएको छ। गिरिजाप्रसाद कोइराला एग्रिकल्चर एन्ड रिसर्च कलेज स्थापनाका लागि पियूले काम अगाडि बढाइसकेको उपकुलपति दासले जानकारी दिए। उनले क्याम्पस स्थापनाकालागि भारतीय दुतावाससित सहयोगका लागि छलफल भइरहेको बताए। ‘कृषि क्याम्पसका ग्रयाजुशनबाट पढाइ सुरु हुनेछ, ’ उपकुलपति दासले भने, ‘कृषिको अध्ययन र रिसर्चकालागि उक्त क्याम्पस सञ्चालनमा ल्याउन लागिएको हो।’

पियूले गोठगाउँमै एमबीबीएसको पढाइ सुरु गर्नकालागि बिहीबार ५ सदस्यीय विज्ञहरुको समिति समेत गठन गर्दैछ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रेक्टर डा. रुपा सिंहको संयोजकत्वमा उक्त समिति गठन हुने सम्भावना रहेको स्रोतले जनाएको छ। एमबीबीएस अध्ययनका लागि देखिएको कानुनी जटिलता हटाउन उक्त समितिले सरकारलाई सुझाव दिनेछ ।

पियूले एमबीबीएसको पढाई गोठगाउँमा र शिक्षण अस्पताल कोसी अञ्चल अस्पताललाई बनाउने गृहकार्य थालेको उपकुलपति दासले जानकारी दिए।

यस्तै, छिटै हुन लागेको पियूको सभाले शैक्षिक र भौतिक पूर्वाधारमा खर्च गर्नका लागि २८ करोड रुपैयाँ बिनियोजन गर्ने भएको छ । पुसेट र जनता क्याम्पसका लागि ५ करोड रुपैयाँ छुट्टयाइएको छ । बाँकी रकम गोठगाउँस्थित शैक्षिक र भौतिक पूर्वाधारमा खर्च गरिनेछ ।

 

प्रकाशित: ३० भाद्र २०७३ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App