coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कञ्चनपुरमा संयमता अपनाउन सरकारलाई एम्नेष्टिको आग्रह


काठमाडौ– कञ्चनपुरको घटनालाई लिएर एम्नेष्टि इन्टरनेशनलले विरोध प्रदर्शन नियन्त्रणका क्रममा बल प्रयोगमा संयमता अपनाउन आग्रह गरेको छ।
शनिबार एक विज्ञप्ती जारी गर्दै मानव अधिकार सम्बन्धी अन्तरराष्ट्रिय संस्था एम्नेष्टिको नेपालस्थित कार्यालयले बल प्रयोगकै कारण शुक्रबार १४ वर्षीय शनी खुनाको ज्यान गएको भन्दै सर्वसाधारणको आन्दोलनमाथि बल प्रयोग गर्दा शान्ति व्यवस्था अझ विग्रदै जाने खतरा औल्याएको छ।

भिड नियन्त्रणका लागि बल प्रयोग गर्दा बलप्रयोग सम्बन्धी संयुक्तराष्ट्र संघीय मान्यताको ख्याल गर्न पनि सरकारलाई एमनेष्टिले सचेत गराएको छ।बलात्कार र हत्याको खास अभियुक्त पक्राउ गर्न दवाब दिन सडकमा आउँदा प्रहरीको गोली लागी खुनाको ज्यान जानु अत्यन्तै दुखद भएको टिप्पणी एम्नेष्टिले गरेको छ।

भिमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोध, वास्तविक अपराधीलाई कारवाही र न्यायका लागि सडकमा विरोध प्रदर्शन भइरहेको एम्नेष्टिले धारणा राखेको छ। 
एम्नेष्टिले गोली हानिएको घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिलाउन सरकार समक्ष आग्रह गरेको छ। 
 
 

 

प्रकाशित: ९ भाद्र २०७५ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App