coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्या आरोपमा चार जना पक्राउ

बैतडी–दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ। 
पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्ना छन्। ‘चारै जनालाई अनुसन्धानका लागि पक्रेका छौं,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले भने, ‘अनुसन्धानपछि पुष्टि भए कानून बमोजिम कारवाही हुन्छ।’ 

मार्मा गाउँपालिका– वडा नं १ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी ठगुन्नाको भदौ ४ गते राति घरमै हत्या भएको थियो।

हत्या गरिएका ठगुन्नाको साथमा रहेको १० लाख रुपैयाँसमेत हत्याराले लुटेर लगेको बताइएको छ। ठगुन्ना एक्लै घरमा सुतिरहेका बेला हत्या भएको हो।

ठगुन्नाका श्रीमती छोरा तराईतिर बस्ने र ठगुन्ना एक्लै घरमा बस्ने गरेका थिए। तराई पठाउनका लागि जम्मा गरेको १० लाख रुपैयाँकै कारण ठगुन्नाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। दार्चुला सदरमुकामबाट घटनास्थल एक दिनको पैदल दुरीमा पर्छ। रासस

 

प्रकाशित: ९ भाद्र २०७५ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App