coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कञ्चनपुरमा गोली चलाइनु गम्भिर : नयाँ शक्ति

काठमाडौं- नयाँ शक्ति पार्टी ले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा गोली चलाउँदा सनी खुनाको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले एक विज्ञप्ती जारी गर्दै  बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले लिई त्यसको छानविन र कारवाहीको प्रक्रिया द्रूतगतिमा अघि बढाउनुपर्नेमा राज्यका निकायहरूमा गम्भीरता र संवेदनशीलताको अभाव देखिएको बताएका छन्।

घटनाको छानविन र अपराधीलाई कारवाहीको माग गर्दै स्थानीयले गरेको आन्दोलनलाई समयमै उचित सम्बोधन गर्नुको साटो राज्यप्रशासनले अनावश्यक बल प्रयोग गरेर आन्दोलनकारीलाई उत्तेजित बनाउने कार्य गर्नु गलत भएको विज्ञप्तीमा भनिएको छ।
जिल्लामा लगाइएको कर्फ्यू आदेश दीर्घकालीन समाधानको उपाय नभएकोले किशोरी बलात्कार र हत्याको घटनाको छानविन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रूतरुपमा लाग्न सरकारसँग नयाँ शक्तिले आग्रह गरेको छ।
 

प्रकाशित: ९ भाद्र २०७५ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App