८ वैशाख २०८१ शनिबार
समाज

विद्यालय गएकी पुष्पा घर फर्किनन्

पोखरा- पोखरा महानगरपालिका १९ लामाचौरमा १४ वर्षीय बालिका मृत फेला परेकी छन्। पुष्पा केसी नाम गरेकी बालिका बिहीबारदेखि हराएकी थिईन्। बिहीबार विद्यालयदेखि घर नफर्केपछि सोधखोज गर्ने क्रममा उनी घरभन्दा साढे २ किलोमिटर पर लामाचौरकै फापरतरो भन्ने ठाउँमा मृत भेटिएकी हुन्।

मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ। शव बारे प्रहरीले अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए।

पोष्टमार्टम पछि मात्र अनुसन्धान सहज हुने र प्रहरीले गम्भीर रुपमा अनुसन्धान गर्ने उनले बताए।

यस्तो छ घटना

१४ वर्षीय पुष्प केसी लामाचौरमा रहेको विन्ध्यावासिनी माध्यमिक विद्यालयको कक्षा ६ की विद्यार्थी हुन्। बिहीबार पनि विद्यालयमा अध्ययन पश्चात उनी घरतर्फ लागिन्, तर उनी घरभन्दा २ सय मिटर तल नै झरेकी थिईन्।

बेलुकासम्म पनि घर नफर्केपछि परिवारले साथीकोमा गएको हुनसक्ने भन्दै सोधखोज भने गरेनन्। तर, शुक्रबार घरभन्दा पर लामाचौरको ढाँड भन्ने ठाउँमा उनको झोला भेटिएपछि बालिकाको खोजीकार्य सुरु भएको थियो । स्थानीयले उनको शव झोला भेटिएको ठाउँभन्दा ५ सय मिटर पर सेती नदिको माथिपट्टि फापरतरो भन्ने ठाउँमा फेला पारेका थिए। स्थानीयले उनको हत्या भएको आशंका गरेका छन्।  

 

प्रकाशित: ९ भाद्र २०७५ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App