coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कारीदेवीको शव १६ दिनपछि फेला, हत्याको विरोधमा सडक अवरुद्ध

सिरहा – १६ दिनदेखि बेपत्ता सिराहाको गोलबजार नगरपालिका–१० पुरानो चोहर्वाकी कारीदेवी यादवको शव हत्या गरिएको अवस्थामा फेला परेको छ। उनको शव नरहा गाउँपालिका १ मा गाडिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए।

हत्याको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गको चोहर्वा खण्डमा सडकमा चक्का जाम गरेका छन्। कारीदेबिलाई अपहरण गरेको आरोपमा गाउँलेले दुईजना आफन्तलाई पक्रेर प्रहरीलाई बुझाएका छन्। पक्राउ पर्नेमा ६२ वर्षीय रामदेव यादव र उनको छोरा लक्ष्मण यादव रहेका छन्।

कारीदेवीको बहिनीको छोरा यमकुमारले रामदेव र लक्ष्मणको नाममा अपहरण तथा शरिर बन्धकको किटानी जाहेरी दिएको गोलबजार प्रहरीका सइ मनिष थापाले बताए। सोही जाहेरीको आधारमा भदौ ७ गते दुबैजना (रामदेव,लक्ष्मण) लाई जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको थापाले बताए। उनले भने,‘यस घटनामा हामी अहिलेसम्म सुराक बिहिन छौं।’ किटानी जाहेरी र स्थानीयले पक्रेर बुझाएको आधारमा अनुसन्धान गरिरहेका छौ,’ उनले भने। 

अंश मुद्धाको लडाई
५५ वर्षीया कारीदेवी यादवले आफ्नो जेठाजु रामदेवसँग वर्षौदेखि अंश मुद्धा लड्दै आएकि थिइन। पैतृक सम्पत्तिबाट कारीदेवी र जेठाजु रामदेवको रामदेव नाममा दश–दश कट्ठा जग्गा आइसकेको छ। 

अंशबण्डा नहुँदा बाँकी जग्गा उनका ससुरा जुगेश्वर यादवकै नाममा छ। नजिकका कोही आफन्त नभएपछि हक उनको सम्पत्तिमा हक लाग्ने रामदेव वा उनको छोराहरू नै थिए। पैतृक सम्पत्ति (ससुराको नाममा रहेको जमीन) मा भाग खोजेपछि रामदेव र उनका छोराहरू भाग दिन मानेनन्। नमान्दा उनी अदालतको ढोका ढकढक्याउन पुगिन। कारीदेवीले पैतृक सम्पत्तिमा अंश खोज्दै अदालतमा मुद्धा दिएपछि उनी र रामदेवबीच मनमुटाव सुरु भएको स्थानीय बताउँछन्। 

कारीदेवी र रामदेवबीच पटक–पटक झगडा भइरहने देख्ने धेरै छिमेकी छन्। कारीदेवीलाई लक्ष्मणले पटक पटक कुटपिट गरिरहने गरेको स्थानीयको भनाइ छ। कारीदेवी खसी बाख्रा पाल्ने र त्यही बेचेर जीवन चलाउँथिन, एक छिमेकीले भने। 

अंश मुद्धामा कारीदेवीको पहिलो जीत
कारीदेवीको ससुरा जेगेश्वरको नाममा विभिन्न कित्ता गरी १३ कट्ठा २ धुर जग्गा रहेको देखिन्छ। यही जग्गा अंश बण्डा गर्न कारीदेवीले २०७४ भदौ ५ गते जिल्ला अदालत सिराहामा रामदेवलाई प्रतिवादी बनाई मुद्धा दर्ता गराएकी थिइन्। 

उक्त मुद्धामा अदालतले २०७५ जेठ २४ गते कारीदेवीको पक्षमा फैसला सुनाएको कारीदेवीको पक्षबाट वारिस बनेका गोलबजार ९ का पुणित यादवले बताए। मुद्धा फैसला भएको दुई महिना नबित्दै कारीदेवीको मृत्यु भएको छ। कारीदेवीका वारिस पुणितले घटना भएको तीन दिनपछि आफूले जानकारी पाएको बताए। 

पुणितलाई कारीदेवीले नाती भनेर बोलाउँथिन्। उनी कारीलेवीको माइतीपक्षबाट नाती नाता पर्ने लक्ष्मणकी पत्नी बिभाले बताइन। उनले भनिन, ‘मेरो ससुरा रामदेव र पती लक्ष्मण सहजै उहाँलाई (कारीदेवी) लाई अंश दिन राजी भएका थिए। तर, मेरो पतीकापनि तीन दाजु भाई छन् उनले भनिन, ‘जेठाजुहरू मान्नु भएन।’ जेठाजुहरू वैदेशिक रोजगारमा छन, उनले भनिन्। मेरो ससुरा रामदेव र पति लक्ष्मणलाई नगरेको अपराधको दोषी बनाएर फसाउन खोजेको भन्दै उनले निसाफका लागि याचना गरेकी छिन्।

प्रकाशित: ९ भाद्र २०७५ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App