८ वैशाख २०८१ शनिबार
समाज

सडकमा ‘घर भन्दा ठूला ढुङ्गा’

सहिदमार्ग सडक खण्डको कुरेलीमा खसेको पहिरो

रोल्पा-शुक्रवार दिउसोदेखि परेको अविरल वर्षाका कारण रोल्पाका अधिकाँश ग्रामीण सडकहरु बन्द भएका छन्। पहिरोका कारण  सडकमा ठूला ठूला ढुँगा खसेका छन्। 

दाङ, भालुवाङ, प्युठानहूँदै लिवाङ र दाङ, होलेरीहुदै घर्तीगाउँसम्म सवारी साधन चले पनि अन्यत्र स्थानमा गाडी संचालन भएका छैनन्। वर्षात सुरु भएसंगै करिब ९५ प्रतिसत ग्रामीण सडक सञ्चलनमा आएका छैनन।

 मुख्य ब्यापारिक केन्द्र सुलिचौरबाट दर्जनभन्दा धेरै स्थानमा छुट्ने सवारी साधन ठप्प जस्तै छन्।‘हाम्रो तिर पनि बाटो खत्तम छ । ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरो पन्छाउदै कहिले कसो आधि बाटोसम्म गाडी जान्थ्यो तर हिजोदेखिको पानीले झनै बिगार्याै,’ सुनछहरी गाउँपालिका प्रमुख आशबहादुर पुनले भने, ‘हाम्रो तिर भदौ लागेदेखि कै समस्या हो यो।’

धेरै ग्रामीण सडक पहिरोले बिग्रिएका र ठाउँठाउँमा पहिरो गएको रोल्पा प्रहरी प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए। ‘अहिले गाउँतिर सवारी साधन चल्न सक्ने अबस्थामा छैनन्,’ उनले भने। 

परिबर्तन गाउँपालिकाको दुईखोलीमा गएको पहिरोका कारण रुकुम र रोल्पाका उत्तरी भूभाग जोड्ने सबै सडकमा सवारी साधन चल्न सकेका छैनन् । सहिदमार्गको थवाङ सडक खण्डमा गएको पहिरोका कारण स्थानीय साउन लागेदेखि नै पैदल यात्रा गर्न थालेका हुन्। ‘हाम्रो तिर त अनगिन्ती ठाउँमा पहिरो गएको छ । पानी बन्द भयो भने पनि सडक सञ्चालन गर्न एक महिना बढी लाग्छ,’ थवाङ गाउँपालिकाका प्रमुख बीरबहादुर घर्तीले भने।

रोल्पाका तालावाङ, राक, ओत, जिनावाङ, ईरिवाङ, मिरुल, थवाङ, सिर्प, तेवाङ, हार्जङ, गुम्चाल, गाम, होमा, धवाङलगायत दर्जनौ स्थान पुग्ने सडकहरु पहिरोका कारण अबरुद्ध छन । ‘हाम्रो तिर त हिजो आज पैदल हिड्ने सडक पनि छैन । ज्यान जोखिममा हालेर हिड्नु पर्छ । घर भन्दा ठुला ढुङ्गा खसेर सडकमा बसेका छन,’ मिरुलका वडा सचिब चन्द्र ज्योति सुवेदीले भने, ‘पहिरो नपन्छाउदा सबैलाई हैरानी छ।’

ल्लाभर ग्रामीण क्षेत्रमा आवगमन अवरुद्ध हुँदा पनि सरोकारवालाले बाटो खुलाउन पहल गरेका छैनन्। हरेक वर्ष दोहोरिने यस्ता समस्याले बिरामी, बृद्धबृद्धा र अशक्त अझै धेरै समस्यामा पर्ने गरेका छन्। प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले भने सडक खुलाउन पहल भइरहेको बताए। पहिरो हटाउने विषयमा सडक कार्यालयसँग कुरा भइरहेको छ,’ उनले भने। 

प्रकाशित: ९ भाद्र २०७५ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App