coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भेडा चोर्दा जेल

खोटाङ – खोटाङमा भेडा चोरेर फरार भएका दुई युवा जेल चलान भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जयन राईको भेडा चोरी फरार रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २१ वर्षीय रविन हिङमाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २१ वर्षीय योगेश राईलाई जेल चलान भएका हुन्।

भेडा चोरेको अभियोगमा जिल्ला अदालत खोटाङले २०७४ साल भदौ ७ गते जनही १ महिना कैंद र १५ हजार जरिवाना तोकेका हिङमाङ र राईलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेपछि कारागार पठाइएको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: ९ भाद्र २०७५ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App