७ वैशाख २०८१ शुक्रबार
राजनीति

कञ्चनपुरको कर्फ्यू जारी, अवस्था सामान्य

कञ्चनपुर – निर्मला पन्त हत्या काण्डका दोषीलाई कारवाहीको माग गर्दै कञ्चनपुरमा जारी स्थानीयकाे आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि लगाएको कर्फ्यू आज पनि जारी छ।

स्थानीयको अन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय सनी खुनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालिन कर्फ्यू जारी गरेको थियो।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार सुरक्षा अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज पनि कर्फ्यू आदेश जारी गर्नु परेको हो। कार्फ्यू कायमै भएपछि महेन्द्रनगर बजार सुनसान बनेको छ भने अहिले अवस्था सामान्य छ।

प्रकाशित: ९ भाद्र २०७५ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App