८ वैशाख २०८१ शनिबार
समाज

दासढुङ्गामा बस र ट्रक जुध्दा २८ घाइते

चितवन – नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन्।

दाङबाट काठामाडौं जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेको थियो।

बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ। रासस

प्रकाशित: ९ भाद्र २०७५ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App