coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

१८ औं एशियन गेम्स : क्रसकन्ट्रीको प्रतिस्पर्धामा नेपाल अाज भिड्दै

पोखरा - इण्डोनेसियामा जारी १८ औं एशियन गेम्स अन्तर्गत प्याराग्लाइडिङको एक्युरेसी विधामा पदक विहीन बनेको नेपाली टोलीले आज शनिबारदेखि अर्को विधा क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्दै छ। क्रसकन्ट्रीको प्रतिस्पर्धामा नेपाली टिमले पदकको आशा गरेको छ।

हामीले पदकको आशा गरेको यही क्रसकन्ट्रीमा हो । पदक जित्नेमा हामी ढुक्क र आशावादी छौं

‘आजदेखि क्रसकन्ट्रीकोा प्रतिस्पर्धा हुदैं छ । शुक्रबार मौसम खराब भएकोले टेष्ट फ्लाईट मात्रै गरियो। शनिबारदेखि प्रतिस्पर्धा शुरु हुन्छ।' इण्डोनेसियामा रहेको प्याराग्लाईडिङका अफिसियल शैलेन रावतले भने–‘हामीले पदकको आशा गरेको यही क्रसकन्ट्रीमा हो । पदक जित्नेमा हामी ढुक्क र आशावादी छौं।'

इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्ने छन्। क्रसकन्ट्रीको लागि निश्चित दुरी र उचाई पार गरी ल्याण्डिङ गर्नुपर्ने प्रावधान हुन्छ। क्रसकन्ट्रीमै नेपाली टिमले सन २०१६ मा इण्डोनेसियमा आयोजित प्रतिस्पर्धामा स्वर्ण पदक जितेर फर्किएको थियो। त्यसले गर्दा पनि पदकको आशा गर्न सकिने उनले सुनाए।

पाँचौ राउण्डमा फाईनल हुन्छ । दैनिकजसो टास्क परिवर्तन हुन्छ। शुक्रबार प्राक्टिसको लागि ४० किलोमिटरको दुरी थियो। तर मौसम खराब भएकोले शुक्रबार तय भने खासै गर्न नसकेको सहभागि पाईलट शुशिल गुरुङले जानकारी दिए। प्रत्येक ६ किलोमिटरको दुरीमा एउटा प्वाईन्ट राखिन्छ। जति धेरै प्वाईन्ट पार गरियो त्यसबाट नम्बर काउण्ट हुन्छ. ‘प्रत्येक दिन टास्क फरक हुन्छ । फरक फरक टास्कमा प्रतिस्पर्धा गर्नुपर्छ।' उनले भने–‘प्वाईन्ट पार गरेको आधारमा नम्बर जोडिन्छ । जसले धेरै पार गर्यो उसैले जित्छ । प्वाईन्ट पार गरेको रकेर्ड भने जिपिएसले देखाउँछ ।' 

टास्क पुरा गर्न उचाईमा उड्दा सहज हुने छ। सहभागि प्रत्येक खेलाडीले दिइएको टास्क पुरा गर्नुपर्ने हुन्छ। टास्क पुरा नगरेको अवस्थामा खेलाडीले टास्क कमिटिले तोकेको प्वाईन्टको आधारमा अंक पाउने छन्। अन्तिममा सबै अंक जोडेर फाईनल रिजल्ट निकालिने छ।

एक्युरेसीमा एकल तर्फ र टिम तर्फ नेपालको अवस्था भने खासै प्रभावकारी देखिएन्। नियमित रुपमा पोखराको सराङकोटबाट उडान गर्दै आएपनि एशियाडमा भने खेलाडीको प्रदर्शन लोभलाग्दो रहेन्। टिम इभेण्टमा चौथो र नवौं स्थानमा रहेर एक्युरेसी विधा टुग्याएको नेपाली खेलाडीले अब पदक जित्ने एउटा मात्रै आशा बाँकी छ। सहभागि २९ खेल मध्ये अहिलेसम्म खेलिएको प्रतियोगितामा पदक विहीन हुदैं बाहिरिसकेका छन्। निराशाजनक नजितामै चित्त बुझाउनुपर्ने बाध्यता छ।

प्रकाशित: ९ भाद्र २०७५ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App